डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘ड्रिम टिम’ सार्वजनिक - को को कुन कुन मंत्रीमा परे हेर्नुहोस्

डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘ड्रिम टिम’ सार्वजनिक

भुपेन्द्र तिम्सिना,
राष्ट्रिय जागरण अभियान नेपालले ‘ड्रिम टिम अफ नेपाल’ सार्वजनिक गरेको छ ।अभियानले देशभरका १ सय जना लब्ध प्रतिष्ठित व्यक्तित्व र आम नागरिकहरु माझ गरेको सर्वेक्षणका आधारमा एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा ;ड्रिम टिम ;सार्वजनिक गरेको हो ।
अभियानले सार्वजनिक गरेको २२ सदस्यीय मन्त्रीमण्डलमा अधिकांश युवा नेताहरुलाई समेटिएको छ ।
संविधान निर्माण प्रक्रिया अवरुद्ध भएका बेला आमनागरिकमा उत्पन्न निराशा चिर्नका लागि नै अभियानले ‘ड्रिम टीम’ सार्वजनिक गरेको अभियन्ता अशोक अधिकारीले जनाएका छन् ।
भट्टराई नेतृत्वको टिममा गृहमन्त्रीमा रमेश खरेल, रक्षामन्त्रीमा नेत्रविक्रम चन्द, परराष्ट्र मन्त्रीमा गगन थापा, अर्थमन्त्रीमा घनश्याम भूषाल, शिक्षामन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङख्या मन्त्रीमा डाक्टर गोविन्द केसी, उर्जामन्त्रीमा गोकर्ण बिष्ट र स्थानीय विकासमन्त्रीमा विश्वप्रकाश शर्मा छन् ।
सूचना तथा सञ्चारमन्त्रीमा रविन्द्र मिश्र, युवा तथा खेलकुद मन्त्रीमा युवराज लामा, महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा जयपुरी घर्ती, नागरिक उड्डयन तथा पर्यटन मन्त्रीमा रामकुमारी झाँक्री, शान्ति तथा संबिधानसभा मन्त्रीमा गोपाल किराँती, सामान्य प्रशासन मन्त्रीमा अमरेशकुमार सिंह, शहरी विकास मन्त्रीमा अभिशेकप्रताप साह, भूमिसुधार तथा व्यवस्था  मन्त्रीमा कुमार लिङदेन, वाणिज्य तथा आपूति मन्त्रीमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण मन्त्रीमा महेन्द्रबहादुर शाही, आवास तथा भौतिक योजना मन्त्रीमा शेरधन राई, श्रम तथा सिञ्चाई मन्त्रीमा गणेश मान पुन र विज्ञान तथा प्रविधि मन्त्रीमा हरिबोल गजुरेललाई प्रस्ताव गरिएको छ।
अभियन्ता अधिकारीले परिवर्तन संस्थागत भएपछि विकासको गतिमा देशलाई अघि बढाउन पहल अनुरुप प्रस्तावअघि सारिएको जानकारी दिएका छन् ।
सेतो परेवा. कमवाट

1 comments

Mero naam chhuteko jasto laagyo ni

Write Down Your Responses