सवारी दुर्घटनामा दिपकराज गिरीको मृत्यु

काभ्रे, ८ वैशाख,
धुलिखेल बाँसघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
गएराति करिब १ बजे बा३५प ४४३२ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल नालीमा खसेको र मोटरसाइकल चालक भक्तपुर–१० बस्ने २५ वर्षीय साजन लबु सामान्य घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । रासस (kathmandutoday.बाट साभार )

0 comments

Write Down Your Responses