फेरी अर्को खुलासा, चरीलाई आफ्नै प्रेमिकाबाट धोका, केपी ओलीको ग्रिन सिग्नल


 काठमाडौ साउन –
प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ लाई उनकै प्रेमिका खुश्वु ओलीबाट धोका भएको खुलासा भएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बुधवार साँझतिर खुश्वु ओलीले चरीलाई भेट्ने भनि भीमढुंगातिर बोलाएकी थिइन्, त्यो पनि प्रहरीकै सल्लाहमा ।
भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भीमढुंगातिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै प्रहरी पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानेको प्रहरी स्रोतले रातोपाटीलाई बतायो ।
सात महिनादेखि प्रहरीले चरीलाई प्रहरीले मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेकी थिइन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भन्यो, ‘चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ नम्बर प्रयोगमा ल्याएकी थिइन, तर सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइए नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थालेको सोत बताउँछ ।
चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो प्रहरीको तर, सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिस्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एक जवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, ‘चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छ, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर, खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याइनन् ।

तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरी जवान खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । ‘ चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन ’ भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाएइन् । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला खहरै पारे ।
प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएनन्, ‘जे गर्नु हुन्छ गर्नुस्’ भन्दै ग्रीन सिग्नल देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएनन् । एमालेबाटै साथ नपाएपछि उनी कमजोर बनेको स्रोत बताउँछ । यसै मौकामा प्रहरी सक्रिय बनेको थियो ।
रातोपाटीमा खवर छ ।

0 comments

Write Down Your Responses