'कण्डममा मजा आउँदैन के, ७२ घण्टे औषधी लिएर जानुपर्छ' -- नेपाली युवतीहरू

हेटौँडा, २६ चैत्र -
 'कण्डममा मजा आउँदैन  के ७२ घण्टे औषधी लिएर जानुपर्छ -- नेपाली युवतीहरू   ।
 हेटौँडा–४ की आश्मा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनलाई बजारका विभिन्न रेष्टुँरा चाहार्ने र साथीसँग रमाउने रहर छ । सानै उमेर भएपनि एन्ड्रोयड मोबाइल र पल्सर मोटरसाइकल उनको ‘फेभरेट’ हो भन्दै थिइन् छेवैको साथीसँग । अचम्म त के हो भने कलिलै उमेरमा उनले दुई सर्को चुरोटको धुवाँ फुंग उडाउन जानिसकेकी छन् ।
कम्मरका पातलो भाग देखिने गरी फेसनेवल कपडा लगाएकी आश्मा र उनका साथी सबै रमाइलो गर्न र बाहिर हिँड्न माहिर छन् भन्ने उनीहरुको हाउभाउले प्रष्ट पारेको छ । उनीहरुको गफ सुन्दा लाग्थ्यो, बाहिरी हावापानीले उनीहरुलाई धपक्कै समाएको छ । गफिँदै गर्दा आश्माको मोबाइलमा फोन आउँदा उनले भनिन्, ‘ओई हेर त त्यो’ को छोरोले फोन ग¥यो ।’ उनको साथीले थपिन्, ‘त्यसको फोन नउठा है ।’ तर आश्माले फोन उठाइन् । कुरा निकै ‘भल्गर’ थियो । परिवर्तनशील समयमा सबै पचाउन सक्नुपर्ने बाध्यता छ । केहीबेर निकै यौनजन्य वातचितपछि आश्माले फोन राखिन् ।


‘के भो त कुरा गर्दा, लभ गरिन्नँ, यसो रमाइलो त हो नि,’ उनी खिस्स हाँसिन ् । कोल्टे परेको दाँत देखियो । ‘सौराहा जाउँ भन्दै छ त्यसले,’ सुनाउन नभ्याउँदै साथीले भनिन्, ‘कहिले जाने हो र ?’ ‘आजै हो, अब जाने, भोलि आउने, दाम पनि, रमाइलो पनि, बालै भएन,’ आश्माको जवाफ भो । साथीले भनिन्, ‘औषधि चैँ लैजा है ।’ ‘त्यो त अलरेडी झोलामै छ,’ आश्माले जवाफ फर्काइन् । भनिन्, ‘कन्डममा मजा आउँदैन, के गर्नु दुवैलाई मजा आउनै प¥यो ।’ साथीले भनिन्, ‘ल–ल पैसावालसँग मस्ती गरेर आइज भन्दै थपिन्, ‘आएपछि ‘ट्रिट’ चाहिन्छ नि ।’
हेटौँडा बजार विस्तारै सेक्सका लागि खुला बन्दैछ । काठमाडौँबाट चार घण्टामा पुगने र चितवनको सौराहा अनि वीरगन्जबाट पनि नजिक रहेकाले हेटौँडामा ‘घरानियाँ सेक्स’ पनि फस्टाउँदो छ । घरमा साथीसँग घुम्न वीरगन्ज, सौराहा, उस्तै परे जनकपुर या काठमाडौँ भनेर हिँडेकाहरु सौराहा, पोखरा, मार्खु र काठमाडौँमा भेटिने गरेका छन्, त्यो पनि नपत्याउँदो उमेरका पुरुषसँग । सेक्सको कारोबार बढ्दै जाँदा ग्रामीण भेगबाट आएका अनि हेटौँडालाई सपनाको सहर बनाएकाहरु भने विस्तारै कुमारी आमा होलान् कि भन्ने समस्या पनि थपिएको छ । त्यो पनि आश्माजस्तै सेक्सको मजा कण्डमविना लिने लालसामा ।


कण्डमको विकल्पमा अहिले क्याप्सुल, ट्याब्लेट आउने गरेको छ । सेक्स गरेको ७२ घण्टाभित्र खाए हुने भनिएकाले यसमा पुरुष भन्दा बढी महिला, त्यसमा पनि युवती आकर्षित छन् । उनीहरु कण्डमको झन्झटबाट मुक्त हुन खोजिरहेको देखिन्छ । अहिले सबै यस्तै औषधिले बजारका मेडिकल स्टोर्स भरिएको छ । ‘कण्डम कम बिक्न थालेको छ तर ७२ घण्टे औषधिको माग अधिक रहेको छ,’ हेटौँडा, राप्ती रोडका एक मेडिकल सञ्चालकले भने । थपे, ‘भाइ, यहाँ बसेर हेर न, कस्ता कस्ता आउँछन् औषधि लिन पनि, अचम्म लाग्छ मलाई त ।’ उनले फेरि भने, ‘अब त १३ वर्षमाथिका सबै सेक्सका लागि तयार भइसकेझैँ लाग्छ, औषधि किन्न आएको देख्दा ।’ अधिकमात्रामा बाहिरबाट कलेज पढ्न आएका र हेटौँडा बजार क्षेत्रमा देखिएका युवती नै औषधि लिन आउँने गरेको उनले जानकारी दिए ।
यौनसम्पर्क गरेको ७२ घण्टाभित्र खाने विभिन्न प्रकारका औषधि किन्न अहिले पुरुष भन्दा पनि युवती बढी आउने गरेको उनले जानकारी दिए । केही दिनअघि औषधि लिएर गएका पनि केही पछि औषधिले भएन भन्दै आउने पनि रहेको उनले बताए ।
औषधिको प्रयोग गर्न नजानेर गर्भवती बनेर आउनेको संख्या अधिक रहेको हेटौँडा अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. रामकाजी महर्जनले बताए । उनले भने, ‘औषधि खाएको भएन सर भन्दै आउनेको संख्या हेर्दा अचम्म नै लाग्छ ।’ डा. महर्जनका अनुसार अहिले औषधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ । बजारका सबै मेडिकलमा पाइनुले पनि समस्या सिर्जना भएको छ । उनका अनुसार औषधिमा भनिए अनुसार नखाँदा युवती गर्भवती हुने क्रम पनि बढेको छ । औषधि बेच्ने पनि जानकार नभएको र उनले दिँदा खाने समयबारे जानकारी नदिँदा दैनिकजसो औषधि खाँदा पनि गर्भ रहेको भएको भन्दै आउने युवतीको संख्या बढेको हो ।
बजारमा यौनसम्पर्क गरेको ७२ घण्टासम्म औषधि खाँदा गर्भवती भइन्न भन्ने विभिन्न प्रकारका औषधि पाइने गरेका छन् । जसमा इकोन, ७२ आवर्स, आइपील र अनवान्टेड नामको औषधि अधिक मात्रामा प्रयोगमा आउने गरेको बताइएको छ ।
– राजन दाहाल
(तस्बिर : यूटूब भिडियोबाट)
अनलाईन जमानावाट साभार गरिएको


,

0 comments

Write Down Your Responses