सरकारविरुद्धको आन्दोलनमा १७ जनाको ज्यान गईसक्यो ।

ढाका: एजेन्सी ,  विष्व नै आतंकले ग्रसित भएको छ । बङ्गलादेशमा सरकारविरुद्धको आन्दोलन झनै चर्किएको छ । आन्दोलनका क्रममा बुधबारमात्र चारजनाको ज्यान गएको  समाचारमा बताइएको छ ।

सरकारका विरुद्धमा त्यहाँ ९ दिनदेखि आन्दोलन जारी रहेको छ । सो आन्दोलनका क्रममा बुधबारसम्ममा १७ जनाको ज्यान गइसकेको छ ।बङ्गलादेशका प्रमुखसहितका विपक्षी दलहरुले गत वर्षको आमनिर्वाचन एकपक्षीय र धाँधलीपूर्ण भएको भन्दै सो निर्वाचनको वर्षदिन पुगेको दिन गत हप्तादेखि सरकार विरोधी आन्दोलन सुरु गरेका हुन् । सो आन्दोलनले पछिल्लो समयमा हिंसाको रुप लिइरहेको बताइएको छ । सरकारले राजधानी ढाकामा विरोध प्रदर्शन एवम् जुलुस निकाल्न पनि प्रतिबन्ध लगाएको छ । तर पनि राजधानीमा नै विभिन्न समयमा यस्ता हिंसाका रुप देखिएका छन् । जसका कारण त्यहाँ नागरिकको जनजीवन पनि प्रभावित भइरहेको छ ।

वंगलादेशका मिडियाका अनुसार  र अनुसार बङ्गलादेशको एक उत्तरी जिल्ला रङ्गपुरमा बुधबार बिहानै चारजनालाई जिउँदै जलाएर मारिएको छ । सो जिल्लामा सरकारका विरुद्धमा चर्किएको हिंसाका क्रममा ती चारजना व्यक्ति जलाइएका बताइएको छ । यसरी मारिनेमा एकजना बच्चा पनि परेको बताइएको छ ।

बङ्गलादेशको उत्तरी सहर मिठक्पकरका एकजना प्रहरी अधिकारीले बुधबार बिहानै सुरु भएको आमहडतालका क्रममा आन्दोलनकारीले गुडिरहेको बसमा आगो लगाई हत्या गरेका बताएका छन् ।

सो क्षेत्रबाट राजधानी ढाकाका लागि हिँडेको बसमा आमहडताल सफल बनाउने नाममा हिँडेका विपक्षी दलका कार्यकर्ताले आगो लगाइदिएको प्रहरीले जनाएको छ ।

उक्त हिंसात्मक हमलापछि सो बसमा रहेका चारजनाको जलेर मृत्यु भएको छ भने अरु ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेको रङ्गपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोही जिल्लामा मङ्गलबार पनि हिंसामा परी दुईजना मारिएका थिए । बुधबार पनि बिहानैदेखि आन्दोलन सुरु भएको बताइएको छ । विभिन्न स्थानमा प्रहरीसँग भिडन्त जारी रहेको बताइएको छ ।

गत वर्षको आमनिर्वाचनमा सबैजसो विपक्षी दलको सहभागिता नरहेकाले वर्तमान सरकार नै जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै विपक्षी दलले अर्को निर्वाचनको माग गरिरहेका छन् ।

पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको पार्टी बङ्गलादेश नेसनल पार्टी 'बिएनपी' र अर्को विपक्षी दल जमात ए इस्लामीले सो आन्दोलनको नेतृत्व गरिरहेका छन् । यी दुई दलले गत वर्षको आम निर्वाचन बहिस्कार गरेका थिए । त्यसैले वर्तमान सरकार जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै अर्को निर्वाचनको माग उनीहरुले गरेका हुन् ।  समग्रमा भन्नुपर्दा अहिले विष्व नै आतंकमा होमिएको छ ।

0 comments

Write Down Your Responses