के तपाई पत्याउनुहुन्छ? निर्वस्त्र भएर वाईकमा यात्रा गरे यी जोडीले - भिडियो हेर्नुहोस्

एजेन्सी ।कल्पना गर्न पनि नसकिने कार्यहरू कसरी गर्न सक्छन् युवाहरू । बेलायती एक प्रेमी जोडीले कम्बोडियामा अनौठो हर्कत गरेपछि प्रहरीले पक्राउ गरेर जेल हालेको छ । कपडा नलगाइकन निर्वस्त्र भएर  बाइक चलाएर उनीहरुले सुन्दर संस्कृति र सीमाको उल्लङ्घन गरेको अभियोग प्रहरीले लगाएको छ ।बेलायतको इङ्गल्याण्डमा वेस्ट अफ स्कटल्याण्ड यूनिवर्सिटीमा अध्यनरत २४ वर्षीय युवक क्रेवफोर्ड ब्राउनले कम्बोडिया सम्म निर्वस्त्र भएर बाइक चलाए साथमा प्रेमिका समेत राखेर ।

 आफ्नी प्रेमिका  फिनल्याण्डकी २२ वर्षीया क्याटरीना आर्नियोलाई पनि निर्वस्त्र  बाइकमा राखेका थिए । डेली मेलका अनुसार उनीहरुको साथमा अर्का एक युवक पनि नग्न भएर बाइक चलाइरहेका थिए ।उनीहरुले कपडा नलगाइकन बाइक चलाएको देखेपछि प्रहरीले पिछा गर्न शुरु गरेको थियो र पक्रिएको थियो ।
कम्बोडियाको कानूनले यस्तो गर्ने अधिकार नदिने भएकाले उनीहरुलाई गिरफ्तार गरिएको र कडा सजाय दिइने प्रहरीले जनाएको छ । उनीहरु भियतनामको सीमाक्षेत्र तर्फ अघि बढीरहेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई कम्बोडिया प्रवेशमा आजीवन प्रतिबन्ध समेत लगाइएको  समेत समाचारमा जनाईएको छ ।

कृपया तलको फेसवुक पेजमा लाईक गर्न भुल्नुभएको छ भने अहिले नै गरिहाल्नुहोला , रमाईला रमाईला खुराकहरू पाईरहनुहुनेछ

0 comments

Write Down Your Responses