कस्तो प्रेम- प्रेमी प्रेमिकाद्वारा आत्महत्या
नुवाकोट, माघ ३ -यो कस्तो माया हो - आत्महत्या नै गर्नुपर्ने ।
त्रिशूली नदीमा हामफालेर दुई युवायुवतीले आत्महत्या गरेका छन् । शुक्रबार विदुर नगरपालिका ७ को बुनेबेंसी पुल नजिकबाट उनीहरूले आपसमा हात समातेर हामफालेका थिए । ठेगाना नखुलेका उनीहरूमध्ये युवाको शव देवीघाटमा रहेको संस्कृत मावि नजिककै किनारमा फेला परेको छ । युवतीको शव अझै फेला परेको छैन् । उनीहरूले आत्महत्या गर्नुमा प्रेम सम्बन्ध कारण हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलबाट केटीले प्रयोग गरेको सल र पाउजुका साथै केटाको साथबाट एउटा फोटो फेला पारेको
कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses