यस्ता ब्यक्ति कमनै भेटिन्छन, सन्दर्भ कुसुम सगको भेट : एक टिप्पणी :- अबिश अधिकारी (भीम) पोखरा
यस्ता ब्यक्ति कमनै भेटिन्छन, सन्दर्भ कुसुम सगको भेट : एक टिप्पणी :- अबिश अधिकारी (भीम) पोखरा
समाज सेवा नै सबैभन्दा धर्म कमाउने एक माध्यम हो ! सेवा नै धर्म हो यो सत्य हो तर समाज सेवा गर्न र धर्म कमाउन सजिलो भने पक्कै छैन ! समाजमा कोही यस्ता ब्यक्ति हुन्छन जो नि:स्वार्थ समाज सेवामा दिन रात खटिरहेका हुन्छन न भोक छ न त निन्द़ा हर दिन खटिरहेकी छन चितवन बकुलर साहाराको घर कि आमा कुसुम तिवारी !
कुसुम तिवारी नामले नै एक पवित्र छन झन नि:स्वार्थ समाजसेवाले झनै पवित्र नबनाउने त कुरै भएन मनको असाध्यै धनि कुसुमको १२ जना छोरीलाई संरक्षण गरी राखेको देख्दा कसको पो मन नछोला र ! भ़मणको सिलसिलामा कुनै समय चितवन पुगेको थियौ यसै अवसरमा भेट्ने मौका मिल्यो निकै ब्यस्तताका बाबजुद हुदा पनि हामीलाई समय मिलाईन र केहि समय निकै भलाकुसारी गर्ने अवसर मिल्यो ! ६८/६९ मा स्थापित साहाराको घरमा १ जना बालिका संरक्षण बाट सामाजिक सेवामा सुरूवात गरेकी कुसुम एैले १२ छोरीको संरक्षण दिईरहेकी छन ! उनका सामाजिक सदभाव युक्त भावनामा डुब्न पाउदा अति हर्सित एवं आनन्दको अनुभुति पक्कै पायौ !
समाजमा कोही यस्ता ब्यक्ति कमै हुन्छन किन की निश्चित आम्दानीको स़ोत नै छैन सहयोगि हरुको भरमा १२ जना छोरीको संरक्षणमै दिन हरू बितिरहेको छन यस्तै चेलीहरू मध्य एक हुन कुसुम तिवारी ! सकारात्मक मनले मात्र समाज परिवरितन गर्न सक्छ समाज परिवर्तन गरेर देखाउनु छ भने पहिला स्वयम आफु परिवर्तन हुनु पर्छ भन्ने मन पनि कति कोमल र नि:स्वर्थी भावनाकी धनि कुसुम को आगामी योजना सफल हुन ! १२ छोरी मात्र हैन अझ धेरै छोरीको संरक्षण गर्न सक्ने तन मन र धनले सधै साथ दियोस शुभकामना !
0 comments
Write Down Your Responses