ओवामा पत्नीले साउदी अरववाट किन आलोचना खेप्नुपर्यो ? हेर्नुहोस् ..
अर्जुन श्रेष्ठ, देश अनुसारको भेष भन्छन् नी । देश अनुसारको रितिरिवाजमा नचल्दा कहिलेकाही दोशीको भागिदार समेत हुनुपर्ने हुन्छ ।
साउदी अरेविया पुगेका अमेरिकी राष्ट्रपति बराक ओबामा पत्नि मिशेल ओबामाका कारण तनावमा परेका छन् । भारतबाट साउदी राजाको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका ओबामाकी पत्नि मिशेलले टाउकोमा कुनै पनि कपडा नराखी श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका कारण आलोचना खेप्नु परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ओबामाकी पत्निले शोकमा पनि मर्यादाको ख्याल नगरेको भनेर उनको आलोचना भएको बताइएको छ । साउदी अरेवियामा महिलाका लागि कडा कानून छ ।
त्यहाँ कुनै पनि स्त्रीलाई पति बाहेक अन्य पुरुषले छुन पाउँदैनन् । त्यस्तै महिलाले शीर देखि पाउ सम्म कपडाले छोप्नु पर्छ ।
मिशेलले शोकसभामा सहभागी हुँदा गर्नुपर्ने कुनैपनि ब्यवहार नदेखाएको भन्दै ओबामा पत्निको विरोध भएको बताइएको छ । ओबामा दम्पति रियाद विमानस्थलमा अवतरण गरेपछि त्यहाँका अधिकारीहरुले ओबामासँग मात्र हात मिलाएर मिशेललाई भने टाढैबाट अभिबादन गरेका थिए ।
मिशेलले मफलर पनि नलगाएको भन्दै १५०० भन्दा ब्यक्तिले ट्वीटरबाट विरोध समेत जनाएका छन् ।
1 comments
Write Down Your Responses
January 28, 2015 at 10:29 AM
Who cares such a baster law that dominates ladies. Well done Michelle. This is just a starting.