बन्दकर्ताबाट दुई कलेजमा तोडफोड, परीक्षा दिँदै गरेका विद्यार्थी र शिक्षकमाथि हातपात - ताजा भिडियो

विराटनगर, पौष २९  वन्दको कारण देश फेरी तहसनहस भएको छ । मंगलवारको वन्दमा चारैतिर तोडफोडका घटनाहरू भएका छन् ।

 सोही क्रममा  विराटनगरमा बन्दको अवज्ञा गरेको भन्दै एमाओवादीसहित मोर्चाका कार्यकर्ताले मंगलबार दुईओटा कलेजमा तोडफोड गरेका छन् । बन्दकर्ताले विराटनगरको तीनपैनीस्थित सिटी कलेज र गोल्डेन पार्क कलेजमा तोडफोड गरेका हुन् । मोटरसाइकल चढेर गएका करिब दुई दर्जन आन्दोलनकारीले सिटी कलेजमा प्रवेश गरी स्कुल बस र कक्षा कोठामा तोडफोड गरेका हुन् । तोडफोडबाट बस क्षतिग्रस्त भएका छन् भने कक्षा कोठाका झ्यालहरु समेत फुटेका छन् ।

बन्दकर्ताले कलेजका प्राचार्य उद्धव भट्टराई, प्राध्यापक धरणी खनाल, युवराज भण्डारी, भुपराज भट्टराई तथा विद्यार्थीहरुलाई हातपात समेत गरेका थिए ।

त्यसैगरी, रातो नकाब लगाएका आन्दोलनकारीले बरगाछीस्थित गोल्डेनपार्क कलेजमा पनि तोडफोड गरेका छन् । सीटीइभीटीको परीक्षा सन्चालन भइरहेका बेला बिहान ९ बजे कलेजमा प्रवेश गरेका बन्दकर्ताले कलेज भवन तथा गाडीहरुमा ढुंगामुढा र लाठी प्रहार गरेका थिए ।

बन्दकर्ताले अफिस कोठा, भवन र ल्याबमा तोडफोड गरेका सो कलेजका निर्देशक रमेश खत्रीले जानकारी दिए ।

विराटनगरमा कलेजमा भएको तोडफोड र शिक्षक तथा विद्यार्थीमाथि भएको हातपातको नेपाल विश्वविद्यालय संघ (नुक्पा) र उच्च माध्यामिक विद्यालय संघ (हिसान) मोरङले संयुक्तरुपमा पत्रकार सम्मेलन  गरी विरोध जनाएका छन् ।

1 comments

http://youtu.be/9qT2eWAGz2Q

Write Down Your Responses