संसारका सबैभन्दा हँसिला बालक । हेर्नुहोस् को रहेछन्


 एजेन्सी,

 ब्रिटेनका लियो हारग्रिभ्स जन्मिनुभन्दा पहिलेदेखि नै हाँसिरहेको बताइएको छ । उनका आमा–बुवाका अनुसार उनका छोरा जन्मिनुभन्दा अघिदेखि र जन्मेदेखि अहिलेसम्म हाँस्न छोडेका छैनन् । यो तस्बिर लियो ३१ हप्ताको हुँदा अल्ट्रासाउन्ड स्क्यानमार्फत खिचिएको तस्बिर हो ।


जसमा उनी हाँसिरहेका छन् । उनकी आमा एमी क्रेग,२४, भन्छिन्, ‘मेरा पार्टनर लेंगटन र म अचम्ममा पर्यौँ । हामीमात्र नभई स्क्यान गर्ने मानिसहरु पनि छोराको हाँसेको तस्बिर हेरेको हेरै भएका थिए । ’ ‘तर त्यो त सुरुवात मात्र रहेछ । उ जन्मियो, जन्मेको अहिलेसम्म छोरा हाँसिरहन्छ, सुत्दा पनि, ’ क्रेग थप्छिन् । करिब पाँच महिनाका लियो ब्रिटेनका सबैभन्दा खुसी बालकको रुपमा चिरपरिचित छन् । उनको अल्ट्रासाउन्ड गर्ने बेबी बाउन्ड अल्ट्रासाउन्ड डिरेक्टका प्रवक्ता भन्छन्, ‘ एमी र ती बालकको सोनाग्राफी गर्ने व्यक्ति सोनोग्राफी गरुञ्जेल देखिएको बालकको हँसिलो तस्बिरले मन्त्रमुग्ध र अचम्मित भएका थिए । ’ उनी भन्छन्, ‘म ठोकुवा गरेर भन्छु कि यी बालक संसारका सबैभन्दा हँसिला बालक हुन्,’ । यी हँसिला बालकको हँसिलो अनुहार कैद गर्नका निम्ति धेरै मोडलिङ कम्पनीहरुले परिवारलाई आग्रह गरिसकेका छन् । अब उनको परिवारले बालकको यो अमूल्य हँसाइलाई मोडलिङमार्फत उजागर गर्न दिन्छन् या दिँदैनन्, त्यो भने आउने समयले बताउनेछ ।

,

0 comments

Write Down Your Responses