व्राजिलियनहरूको थामिनै नसक्ने आशु
एजेन्सी–
विश्वकप २०१४ को दाबेदार टिमका रुपमा हेरिएको ब्राजिलले सेमिफाइनलमा लज्जास्पद हार व्यहोरेको छ । खेलमा हार–जीत स्वभाविक प्रक्रिया हो । तर विश्वकप इतिहासमै ब्राजिलले ब्यहोरेको यो अप्रत्यासित फराकिलो हारले यसका समर्थकमा गहिरो पीडा दिएको छ । नेमारसहित टिमका केही भरपर्दा खेलाडीबिनै मैदानमा उत्रिएको टोलीले फराकिलो ७–१ को पराजय व्यहोरेपछि ब्राजिल समर्थकहरुको मनमा खिन्नता छाएको मात्र छैन,छियाछियासमेत भएको छ । ।ब्राजिलको टोलीले विश्वकप जित्ने विश्वासविपरित अहिलेसम्मकै अप्रत्यासित ठुलो हार व्यहोर्दा यसका खेलाडी र समर्थकहरु समालिनै नसक्ने गरी विह्वल बनेका छन् । मंगलबार भएको खेलमा पराजयपछि ब्राजिलका खेलाडी र समर्थकहरुमा अप्रत्यासित पराजयले दिएको चोट गहिरो देखिन्थ्यो ।

0 comments
Write Down Your Responses