प्यालेष्टेनलाई उपलव्ध गराउदै आईरहेको इन्धन तथा विजुली रोक्काको माग

एजेन्सी ,
इजरायलका उपरक्षामंत्री डेनी  डानोनले वुधवार विहान युद्दविरामको लागी हमासलाई दायरामा ल्याउन  अती आवश्यक रहेको वताउदै   लगातार गाजापट्टीवाट रकेट प्रहार भईरहेपछी इजरायलवाट प्यालेष्टेनलाई उपलव्ध गराउदै आईरहेको इन्धन तथा विजुली रोक्का गर्न इजरायल सरकारसंग  माग  गरेका छन् ।
डानोनले  एकातिर हामी हमाससंग युद्दको मैदानमा उत्रिनुपरेको छ  भने अर्कोतिर  उनीहरू  इन्धन तथा विजुली हामीवाटै उपभोग गरिरहेका छन् । उनीहरूले हाम्रो इन्धनको उपयोग गरेर मिसाईल ओसारपसार गरी हामीलाई नै आक्रमण गरिरहेका छन् ।

 वुधवार विहान समेत इजरायलका विभिन्न इलाकाहरू जेरूसेलम, तेलअभिव, ऱखोवोत, रिशेन ले चियोन, आस्केलन, आस्धोद लगायतका क्षेत्रहरूमा  वर्सिएको रकेटसंगै साईरन वजिरहेको  इजरायली संचार  माध्यामहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses