जमर्नीका स्ट्राइकर मिरोस्लाभ क्लोसले ब्राजिलका रोनाल्डोको रेकर्ड तोड्दै

एजेन्सी,
जमर्नीका स्ट्राइकर मिरोस्लाभ क्लोसले ब्राजिलका रोनाल्डोको रेकर्ड तोड्दै विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ब्राजिल विरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै उनले रेकर्ड तोडेका हुन् । खेलको २३ औं मिनेटमा गोल गर्दै उनले विश्वकपमा आफ्नो व्यक्तिगत गोलको संख्या १६ पु¥याएका छन् । रोनाल्डोले विश्वकपमा १५ गोल गरेका थिए । ३६ वर्षीय क्लोसले ४ वटा विश्वकप खेल्दै यो रेकर्ड बनाएका हुन् ।


 उनले सन् २००२, २००६, २०१० र २०१४ को विश्वकप खेलेका छन् । उनलाई पछ्याउँदै छन् आफ्नै टोलीका थोमस मुलर । मुलरले पनि आज गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याएका छन् ।
 उनले मात्र दुईवटा विश्वकप खेलेका छन्

0 comments

Write Down Your Responses