प्यालेष्टाइन , इजरायल युद्द झनै चर्किदो , मंगलवार राती विभिन्न क्षेत्रमा रकेट प्रहार ..



एजेन्सी,
प्यालेष्टाइनी इस्लामीक लडाकु समूह हमास र इजरायलबीचको द्वन्द झनै चर्किएको गइरहेको छ । सोमवार मध्यरातदेखि अहिलेसम्म गाजापट्टीबाट प्रहार गरिएका ३० भन्दा वढि रकेट विस्फोट भएका छन् । गएको १ साता भित्र गाजापट्टीबाट २५० भन्दा वढि रकेट फायर भइसकेको इजरायली प्रतिरक्षा सेनालाई उद्त गर्दै संचारमाध्यमहरुले जनाएका छन् ।
यसैक्रममा गएराती इजरायली हवाई सेनाले गाजापट्टीमा गरेको हवाई आक्रमणबाट १४ प्यालेस्टेनी घाइते भएका छन् भने मंगलवार समुद्री क्षेत्रबाट इजरायल घुस्ने प्रयास गरिरहेका दुई आतंकवादीहरु मारिएको इजरायली संचार माध्ययमहरुले जनाएका छन् । इजरायलले इस्लामिक लडाकु समूह हमासविरुद्ध हवाई कारबाही लक्षित रहेको जनाएको छ ।
हमासले मंगलवार दिउसोदेखि इजरायलको केन्द्रलाई समेत लक्षित गरेर रकेट प्रहार गरिरहेको छ  । इजरायलको मध्य क्षेत्र तेलअभिव, खदेरा, गिभाटाइम, आश्दोद, रिसोम लेत्सियोन, विनय वराक, वेतसेमेश लगायकका ठाउहरुमा रेड अलर्ट साइरन बजेका छन् भने केही ठाउँहरुमा विस्फोट समेत भएका छन् ।

यसैक्रममा इजरायल र हमासविचको चर्किदो युद्दलाई मध्यनजर गर्दै इजरायलको होम फ्रन्ट कमाऩ्डले इजरायली नागरिकहरुको थप सुरक्षाकोलागि ताजा जानकारीहरु प्रसित गरेको छ ।
त्यस्तै हमासले मंगलवार इजरायलमाथि आक्रमणकोलागि थप कदम चाल्ने बताएको छ । सम्पूर्ण इजरायलीहरु आफ्नो मिसाइलको तारो भएको भन्दै धम्की दिएको छ ।
गाजापट्टीमा इजरायलको हवाई आक्रमणबाट एकै घरका ७ जना मारिएपछी हमासका प्रवक्ताले इजरायलमाथि रकेट आक्रमण जारी राख्ने बाँचा गरेको बताइएको छ ।
होम फ्रन्ट कमान्डले प्रसित गरेको भिडियो हेर्नुस्

0 comments

Write Down Your Responses