इजरायल प्यालेष्टाईन युद्द शनिवार पनि तिव्र , युद्दविरामको कुनै संकेत देखिएन

नेपाल इजरायल डट नेटवाट,

शनिवार पनि गाजापट्टीवाट इजरायलमाथि रकेट आक्रमण भइरहेका छन् । दक्षिणका विभिन्न ठाउँहरु र मध्य भागहरु आक्रमणको निशानामा परेका छन् ।  शनिवार गरिएको आक्रमणबाट २ जना इजरायलीहरु घाइते भएका छन् । विहिवार एक ८० बर्षिया वृद्दालाई विस्फोट भएको वेरसेभास्थित उनको घरबाट सकुसल उद्दार गरिएको थियो ।
शनिवार दिउसोको करिव २ बजे एउटा रकेट दक्षिणी समुदायको नितिवोतमा सडक छेउमा रहेको एउटा घरमा विस्फोट भएको थियो । विस्फोटवाट १८ बर्षिय किशोर र १९ बर्षिया किशोरीलाई सामान्य चोटपटक लागेको छ । किशोरको टाउकोमा चोट लागेको छ । दुवै जना सुरक्षित स्थानमा लुक्नकोलागि दौडिदै गरेको अवस्थामा विस्फोट भएको बताइएको छ । त्यस्तै दुई जनालाई उपचारकोलागि विरसेभास्थित सोरोका मेडिकल सेन्टरमा लगिएको बताइएको छ । रकेट विस्फोटवाट घऱ, गाडी र सडक क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी शनिवार इजरायलको दक्षिणमा रहेका विरसेभा, दिमोना यरुहम, आश्दोद, आस्केलन, किरातगात लगायतका ठाउँहरुमा रकेट आक्रमण भएका छन् भने इजरायलको मध्य भागमा रहेका नेत्सियोना, याभ्ने रेखोवोतमा पनि पनि रकेट प्रहार भएका छन् ।

इजरायलले प्रमुख रुपमा प्यालेस्टेनी इस्लामिक समुह हमाससँगको युद्द बताए पनि यस पटकको युद्दमा इजरायलमाथि हमासले मात्र रकेट प्रहार गरिरहेको छैन् वलकी अन्य शसस्त्र समुहहरुले पनि रकेट प्रहारको जिम्मा लिने क्रम वढिरहेको छ  । विहिवार नितिवोध र ओफाकिम प्रहार गरिएका ९ वटा रकेटहरुको जिम्मा इस्लामिक जिहाद समुहले लिएको थियो भने उसले इजरायलको क्नेसेटलाई सेट लक्षित गरी रकेट प्रहार गरेको पनि बताएको थियो सोही क्रममा ३ वटा रकेट तेलअभिवमा प्रहार गरिएका थिए  । त्यस्तै शनिवार दिउसो दिमोना र ओफाकिममा गरिएको रकेट प्रहारको इज़्ज़ एड दीन अल कस्सम ब्रिगेडले जिम्मा लिएको छ । दिमोना क्षेत्रमा ३ वटा रकेट प्रहार गरेको उनीहरुले बताएका छन् । त्यस्तै ओफाकिमस्थित इजरायली प्रतिरक्षा सेनाको वेस क्याम्पलाई लक्षित गरेर ३ वटा रकेट प्रहार गरिएको पनि उनीहरुले दावी गरेका छन् ।
त्यस्तै शनिवार रातिमात्र गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा परी १९ जना प्यालेस्टेनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्त गर्दै इजरायली संचारमाध्यमहरुले जनाएका छन् । त्यस्तै इजरायली वायु सेनाले शनिवार गाजापट्टीमा गरेको आक्रमणबाट ६ जना मारिएका छन् । इजरायली वायु सेनाले शनिवार हमासका पूर्वप्रधानमन्त्री इस्माइल हानियाकी वहिनीको घरलाई लक्षित गरेर आक्रमण गरेको बताइएको छ । आक्रमणमा परी हानियाका दुई जना भतिजाहरु मारिएको प्यालेस्टाइनले जनाएको छ । उनीहरु आतंकवादी गतिविधीमा संग्लग्न रहेको बताइएको छ ।
इजरायली सेनाले  Operation Protective Edge शुरु गरेको पाचौं दिनलसम्म आइपुग्दा गाजापट्टीमा ६३२ वटा रकेट लञ्चर, १३० वटा सैन्य आधार, १०६ वटा आदेश तथा नियन्त्रण पूर्वाधार र २२ वटा सुरुङहरु गरी १२२० वटा लक्ष्यहरुमा आक्रमण गरिसकेको बताइएको छ  । जसबाट हालसम्म १२७ जना प्यालेस्टेनीहरु मारिएका छन् भने ९४० जना घाइते भएको प्यालेस्टेनी स्वास्थ्य मन्त्रालयलाई उद्त गर्दै इजरायली संचारमाध्यमहरुले जनाएका छन् । मन्त्रालयले मारिनेहरुमा १७ बर्षसम्मका वालवालिकाहरु पनि रहेको बताइएको छ  ।
अन्तराष्ट्रिय समुदायले इजरायल र प्यालेष्टाइनबिच भड्किएको हिंसा रोक्न अपील गरिरहेको बेला इजरायलले भने कारबाहीलाई अझ कडा र तीव्र बनाउने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नतान्याहुले हमासविरुद्ध कारबाही गर्ने क्रममा आफूहरुलाई कसैले पनि रोक्न नसक्ने दृढता व्यक्त गरेका छन् ।
हिंसा चर्कंदै गएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री न्येतान्याहुसँग टेलिफोन  वार्ता गरी दुबै पक्षले संयमle अपनाउनु पर्नेमा जोड दिएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइ गाँजा क्षेत्रमा इजरायलले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकोमा आपत्ति जनाएका थिए ।

0 comments

Write Down Your Responses