भविष्यमा आफुलाई प्यारालाइसिस् हुन सक्ने नेमारको आसंका भावविह्वल हुँदै भने,‘मलाई प्यारालाइसिस् हुने सम्भावना ज्यादा छ’
एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेमारलाई भविष्यमा प्यारालाइसिस् हुने सम्भावना अधिक देखिएको छ । कोलम्बियाली डिफेन्डर जुआन कमिलो जुनिगाले ढाडमा कुल्चदा ढाडको हड्डी नै भाँचिएर घाइते बनेका नेमारले पत्रकार सम्मेलनमा बोल्दै यस्तो खुलासा गरेका हुन् । ‘मेरो ढाडको एउटा हड्डी भाचिएकाले भविष्यमा मलाई प्यारालाइसिस् हुने सम्भावना छ’ भावविह्वल रुपमा पत्रकार सम्मेलनमा प्रस्तुत भएका नेमारले भने,‘कोलम्बियासँगको खेलले मलाई मानसिक पिडा मात्र दिएको छैन शारिरीक रुपमा पनि ठुलो पिडा दिएर गयो ।’ नेमारले उक्त खेलमा आफ्ना अन्य हड्डी भाँचिएको भए ह्विल चेयरमा नै हिँड्नु पर्ने दिन आउने बताउँदै भाग्यबश अरु क्षति नभएको बताए । उनले उक्त क्षण निकै डरलाग्दो भएको बताउँदै भने,‘मेरा अन्य हड्डी भाँचिएको भए म ह्विल चियरमा हुने थिए । तर भाग्यबश त्यस्तो केही भएन ।
0 comments
Write Down Your Responses