इजरायली वायुसेनाद्वारा उत्तरी गाजामा व्यापक हवाई आक्रमण



इजरायली प्रतिरक्षा सेनाले उत्तरी गाजापट्टीका  आतंकवादी पुर्वाधार ठाउँहरुलाई प्रमुख लक्ष्य वनाएर आक्रमण गरेको छ । पछिल्लो समयमा हमासपक्षद्वारा इजरायल तर्फ रकेट आक्रमणकोलागि प्रयोग गरिएको उत्तरी गाजाको जवलिया क्षेत्रमा आक्रमण गरिएको हो ।
त्यस्तै हमास समुहका  जिम्मेवार प्रमुखसँग जोडिएको इजरायलमाथि रकेट प्रहार गर्नमा प्रयोग भइरहेको रकेट आक्रमणको पूर्वाधारको रुपमा रहेको गाजाको वेतलहिया टोलमा पनि इजरायली वायु सेनाले आक्रमण गरेको छ ।
इजरायलमाथि गरिएको रकेट आक्रमणको ३६ प्रतिशत रकेट गाजाको उत्तरी भेगबाट प्रहार गरिदै आइरहेको छ भने ३० प्रतिशत लामो दुरीका रकेटहरु पनि सोही परिधीवाट आक्रमण गरिएको आइडिएफले जनाएको छ । त्यस्तै वेत लहिया क्षेत्र अप्रेसन प्रोटेक्टिभ एजमा  १० प्रतिशत रकेट प्रहार भएको स्थान भएको आइडिएफले वताएको छ ।
इजरायली प्रतिरक्षा सेनाले आइतवार विहान आतंकवादीहरुको पुर्वाधारको रुपमा रहेका उत्तरी गाजाका ति ठाउँहरुमा अप्रेसनकोलागि   सडकमा प्रचा छरी छोटो समयकोलागि आइतवार मध्यान्न १२ बजेसम्ममा  ति ठाउँहरुमा रहेका घरहरु खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
आइतवार इजरायली प्रतिरक्षा सेनाले गरेको आक्रमण पछी इजरायली प्रतिरक्षा सेनाका प्रवक्ताको कार्यालयले लक्षित ठाउँहरुमा सुरक्षित रहन र सुरक्षित ठाउँमा जान त्यहाँका सर्वसाधारणलाई सतर्क बनाएको प्रस्ट पारेका थिए ।उद्दारकर्मीहरुले पनि सुरक्षित ठाउँमा जान आग्रह गरेका थिए । गाजाले ठाउँठाउँमा सर्वसाधारणहरुलाई सुरक्षित ठाउँमा लैजान उद्दारकर्मी खटाएको थियो ।
इजरायलद्वारा हमासबाट भइरहेको रकेट आक्रमणलाई निस्तेज पार्ने नाममा गाजापट्टीमा संचालन गरेको अप्रेसन प्रोटेक्टिभ एजलाई अन्तराष्ट्रिय समुदायले युद्द अपराधको आरोप  लगाइरहेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गाजापट्टीमा तत्काल युद्धविराम गर्न इजरायल र प्यालेष्टायनलाई अपील गरेको छ । इजरायली आक्रमणमा मारिनेको संख्या दिनानुदिन बढिरहेका सन्दर्भमा सुरक्षा परिषदका सबै १५ सदस्य राष्ट्रले युद्ध रोक्न अपील गरेका हुन् । उनीहरुले तनाव कम गर्दै शान्ति कायम गरी संवादको प्रक्रिया थाल्न दुबै देशलाई आग्रह गरेका छन् ।
अप्रेसन प्रोटक्टिभ एजको छौठौं दिनसम्म आइपुग्दा गाजामा शुरु भएको हिंसाबाट १६७ जनाको मृत्युभएको छ भने ११२० जना घाइते भएको प्यालेस्टाइनले जनाएको छ ।
आफूविरुद्ध रकेट आक्रमण बन्द नगर्दासम्म आफ्नो तर्फबाट पनि कार्वाही नरोकिने इजरायलले प्रष्ट गरिसकेको छ । इजरायलले आफ्नो आक्रमण हमास अतिवादीविरुद्ध लक्षित रहेको दावी गरेपनि राष्ट्रसंघले भने आक्रमणमा मारिनेमा ७७ प्रतिशत मानिस सर्वसाधारण रहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्ले इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्न अपिल गरेको छ । गाजा क्षेत्रमा जारी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या बढ्दै गएपछि राष्ट्रसंघिय सुरक्षा परिषद्ले दुवै पक्षलाई युद्ध बिरामका लागि अपिल गरेको हो । राष्ट्रसंघले वार्तामा आउन दुवै पक्ष्ँलाई आग्रह गरेको छ । इजरायलले हिजो गरेको हवाइ हमलमा एकै परिवारका १७ जना सहित ५२ जनाको मृत्यु भएपछि राष्ट्रसंघ थप चिन्तित भएको छ । इजरायलले भने गाजा क्षेत्रबाट शुक्रबारबाट यता ४० वटा रकेट हमला भएपछि प्रतिक्रिया स्वरुप आक्रमण गरेको जनाएको छ । प्यालेस्टाइन सरकारका अनुसार गत मंगलबार यता भएको हवाइ आक्रमणमा १ सय ५४ को मृत्यु भैसकेको छ ।

Nepalisrael.net 

0 comments

Write Down Your Responses