2014 को विष्वकप जर्मनीको हातमा , जितको खुसीसंगै समर्थक बार्बाडोस्की गायिका रिहानाले स्टेडियममा ब्रा देखाईन् ।

रियो, असार ३० (एजेन्सी)– 
2014 को विष्वकप जर्मनीले हात पारेको छ । अर्जेन्टिनासंग निकै   कडा प्रतिश्पर्धापश्चात एक गोल गरेर जित हासिल गरेको हो ।


आफ्नो देशले विश्वकप फुटबलको उपाधि उचाल्नुभन्दा खुसीको कुरा अरु केही होइन । तर, यहाँ जमर्नीले अर्जेन्टिनालाई पराजित गरेर विश्वकपको उपाधि उचाल्दा जमर्नीका समर्थकभन्दा बार्बाडोस्की गायिका रिहानालाई बढी खुसी महसुस भएको थियो । उनी यसबाट यति उत्तेजित बनिन्, मारियो गोट्जेले अतिरिक्त समयमा गोल गर्दा आफ्नो टि–सर्ट उचालेर स्टेडियममा ब्रा देखाउँदै खुसियाली मनाइन् । त्यसअघि, ब्राजिलको माकाराना स्टेडियममा रिहानाले महान् खेलाडी पेले लगायतसँग तस्विर खिचेर पनि पोस्ट गरेकी थिइन् । 

0 comments

Write Down Your Responses