हमास-इजरायल युद्दविरामकोलागि ओवामा सक्रिय

Nepalisrael.net

इजरायल र प्यालेष्टाइनबीच  भड्किएको हिंसा रोक्ने गरी युद्धविराम गराउन अमेरिकाले अग्रसरता लिएको छ । हिंसा चर्कंदै गएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतान्याहुसँग टेलिफोन वार्ता गरी दुबै पक्षले संयमता अपनाउनु पर्नेमा जोड दिएका छन् ।
यसअघि राष्ट्रसंघका महासचिव बान कि मुनले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाई गाँजा क्षेत्रमा इजरायलले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकोमा आपत्ति जनाएका थिए । उनले धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै हिंसा रोक्ने उपाय खोज्न सुरक्षा परिषद्लाई आग्रह गरेका थिए ।
गाँजापट्टीमा इस्लामीक सशस्त्र समूह हमासका अखडाहरुमा लक्षित गरी इजरायली सुरक्षा बलले सोमबारबाट थालेको अप्रेसन प्रोटेक्टिभ एजको चौथो दिन शुक्रवारसम्ममा हवाई आक्रमणबाट २२ वालवालिकाहरु लगायत १०० जना प्यालेस्टेनीहरु मारिएका छन् भने ६७० भन्जदा वढी घाइते भएको प्यालेस्टेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै क्रममा एम्नेस्टी इन्टरनेशनलले संयुक्त राष्ट्रसँघलाई स्वतन्त्र आयोग प्यानल गठन गरी हमास र इजरायल दुवै पक्षबाट भएको युद्द अपराधको यथासंभव छानविन गर्न माग गरेको छ . एम्नेस्टी इन्टरनेशनलले शुक्रवार वक्तव्य जारी संयुक्त राष्ट्रसंघलाई अऩुसन्धान गर्न आग्रह गर्दै इजरायलबाट गाजापट्टीमा भइरहेको हवाई आक्रमण र प्यालेस्टेनी शशस्त्र समुहबाट इजरायलमाथि निरन्तर भइरहेको अन्धधुन्ध रकेट आक्रमण गरिनु दुवै पक्षबाट प्रतिवद्दताको  उलंघन भएको बताइएको छ ।
 इजरायली सुरक्षावलले Operation Protective Edge शुरु गरे यता  १०० भन्दा वढी प्यालेस्टाईनीहरु मारिएका छन् भने करिव ७०० जना भन्दा वढि घाइते भएको गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जनाएको इजरायली संचार माध्ययमहरुले जनाएका छन् । मन्त्रालयका अनुसार मारिनेहरुमा २२ जना १ देखि १७ बर्ष उमेरसम्मका वालवालिकाहरु रहेका छन् ।

0 comments

Write Down Your Responses