आमा र वावुको हत्या गरी लाशसंग सेक्स मात्र गरेनन् मासुको सेकुवा वनाएर खाए

अर्जेन्टिना —
 अर्जेन्टिनाका एक व्यक्तीले आफ्नी आमा र सौतेनी बाबुको हत्या स्विकारेका छन् । उनले आफ्नै सौतेनी बहिनीसँग मिलेर उनीहरुको लाशलाई व्यवस्थापन गरेको बताए । २५ वर्षिय लियोनादो अकोस्टाले ५० वर्षकी आफ्नी आमा मिरयाम कोवज्चुक र सौतेनी बाबु रिकार्डो क्लेनको हत्या मात्रै गरेनन् , हत्यापछि उनीहरुको लाशसँग यौन सम्बन्ध राखे र उनीहरुको शरिरको केही टुक्रा खाए । बाँकी शरिर काटेर उनले त्यसलाई सेकुवा बनाए र आफ्ना ६ वटा कुकुरलाई खुवाए । अकोस्टाका वकिलका अनुसार सौतेनी बाबु क्लेनले उनका ११ वर्षका दुई जुम्ल्याहा भाईहरुमाथि दुव्यवर्हार गरेका थिए । प्रहरीले अकोस्टालाई उनकै सौतेनी बहिनी केरेन क्लेनले सहयोग गरेको आशंका गरेको छ । २२ वर्षिया क्लेन अकोस्टासँगको प्रेममा छिन् ।
 अकोस्टा र केरेन क्लेन दुबैले आफ्नी आमा र बाबुले आफूमाथि विगतमा जस्तो व्यवहार गरेपनि जुम्ल्याहा भाईमाथि त्यस्तो व्यवहार नगर्ने विश्वास रहेको बताए । तर जुल्याहा भाईहरुमाथि समेत बाबु आमाले दुव्यवर्हार गरेको र उनीहरुलाई मानसिक पिडा दिएको थाहा पाएपछि अकोस्टा र केरेनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुनै कारबाही नगरेपछि आफैँले कानून हातमा लिएको उनीहरुको दाबी छ ।

0 comments

Write Down Your Responses