कोरियन जोडीको आकर्षक शरिर - रहस्य के रहेछ जानौ ।


अहिले इस्टाग्राममा एउटा कोरियन जोडी निकै चर्चामा छ । आफ्नो परिवर्तित शरिरका आर्कषक फोटोहरु अपलोड गरेपछि यो जोडीले चर्चा बटुलेको हो ।केही समयअघि सोंग जि यो र उनकी श्रीमती सिन जी हो भद्धा शरिरका कारण चिन्तित थिए ।
विगत ५ महिनादेखी उनीहरु जीममा अनवरत सक्रिय छन् । उनीहरु एकसाथ जीम गर्छन् । त्यस्तै दैनिक तीनघण्टा एकसाथ एरोविक एक्सरसाइज गर्छन् र व्यायाम समेत गर्छन् । उनीहरुले आफ्ना लोभलाग्दा फोटो सार्वजनिक गर्दै लेखेका छन् , डाइटिंग सबैभन्दा राम्रो प्लास्टिक सर्जरी हो । अहिले उनीहरुको फोटो देखेपछि सबैबाट प्रशंशाका प्रतिक्रिया मात्रै आएका छन् । चिकेन ब्रेस्ट, अण्डा, गुलियो आलू, गोलभेँडा र अन्य फलफूल तथा सागसब्जीहरु मात्रा मिलाएर उनीहरुले सेवन गर्दै आएका छन् । सोंग जि यो दैनिक १ सय ५० ग्राम चिकेन ब्रेस्ट, १ सय २० ग्राम गुलियो आलू, ५ पिस बदाम, गोलभेँडा, बन्दा र प्याज लिन्छन्, झन्डै तीन तथा चार घण्टाको फरकमा । त्यस्तै सिन जी होले पहेँलो भाग हटाएको अण्डा ४ वटा, ५० ग्राम आलू, केही फलफूल र तरकारी दैनिक पाँच पटकसम्म लिदैँ आएकी छिन् ।

अहिले ५ महिनाको अवधिमै सोंग जि योले ८३ केजीबाट १२ किलो तौल घटाएर आफ्नो तौल ७१ केजीमा झारेका छन् । ५ महिनाअघि उनको शरिरमा १ट प्रतिशत फ्याट थियो भने अहिले फ्याटको मात्रा केवल ५ प्रतिशत छ । त्यस्तै सिन जी होको शरिरमा ५ महिनाअघि ३२ प्रतिशत फ्याट थियो । उनी ७१ केजीकी थिइन् । अहिले उनी ४९ केजी छिन् र शरिरमा केवल १८ प्रतिशत मात्रै फ्याट छ । सिन जी होलाई अहिले इन्स्टाग्राममा झन्डै १० हजारले पछ्याएका छन् । उनलाई पछ्याउनेहरुले उनीजस्तै शरिर बनाउन लाग्ने प्रतिक्रिया दिएका छन् । केही वर्षको व्यायामपछि शरिरमा यस्तो परिवर्तन आउने पक्का भएपनि केवल ५ महिनाभित्रै देखिएको यो परिवर्तनलाई भने दुलर्भ मानिएको छ ।

रातो पाटीवाट

,

0 comments

Write Down Your Responses