नुवाकोटको गोस्र्याङ र सामरीमा भीषण पहिरो अपडेट पाचको मृत्यू -एक वालकको अवस्था अज्ञात




देवचन्द्र भट्ट
गोस्र्याङ, नुवाकोट, भदौ ११ गते
अविरल वर्षातसंगै आएको पहिरोले घर पुरिदा नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा तीन महिलासहित पांच जनाको मृत्यु भएको छ । एक जना वेपत्ता रहेका छन् भने ६ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते एक वालिकासहित दुई जनालाई सेनाको हेलिकप्टरवाट शुक्रवार अपरान्ह काठमाडौ पु¥याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भने चार जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । नुवाकोटको दुर्गम गोस्र्याङ र सामरी गाविसमा छुट्टाछुट्टै पहिरोले घर बगाउंदा पांच जनाको ज्यान गएको हो भने ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।


सदरमुकाम विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको गोस्र्याङ गाविस वडा नं. २ स्थित काप्रेको तामाङवस्ती सिरान टोलमा शुक्रवार विहान २ वजे राती गएको भीषण पहिरोले सोमवहादुर तामाङ र सुन्दरवहादुर तामाङको  घर बगाएको छ । भूकम्पले घर भत्काएपछि एक महिनापछि बनाएको उनीहरुको दुई टहरा घर शुक्रवार विहानको राती सांढे एक वजे आएको पहिरोले बगाएको हो ।
राती गएको पहिरोले घर बगाउदा ४० वर्षिय सोमवहादुर तामाङ, उनकी श्रीमती सुकुमाया तामाङ, छिमेकीहरु ३७ वर्षिया फुर्पुजोङ तामाङ, उनका १२ वर्षिय छोरा केशव तामाङको मृत्यु भएको उद्धारमा खटिएका नेपाल प्रहरीका प्रहरी नाउव निरीक्षक लेखनाथ आचार्यले जानकारी दिए । उता, सदरमुकाम विदुरदेखि २२ किलोमिछटर पश्चिममा रहेको सामरी गाविस वडान नं. ७ झार्लाङमा अविरल वर्षात्संगै आएको पहिरोले घर भत्कदा स्थानीय ८० वर्षिया टेककुमार थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
प्रहरी नायव उपरिक्षक सिद्धिविक्रम शाहका अनुसार फुर्पुजोङका श्रीमान् ४० वर्षिय सुन्दर तामाङ र मृतक सोमवहादुर तामाङकी ६ वर्षिया छोरी सञ्जुमाया तामाङ गम्भीर घाइते भएका कारण सेनाको हेलिकप्टरवाट उपचारका लागी काठमाडौ लगिएको र अवस्था गम्भीर रहेको छ । घाइते सुन्दवहादुरका  वर्षिय छोरा पुर्ण तामाङ पहिरोमा हराइरहेका छन् । खोजी जारी रहेको छ । तर, सांझसम्म पनि फेला पार्न नसकिएको उद्धारमा संलग्न स्थानीय स्वास्थ्यकर्मी ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।
ठाडो डाडोमाथि लहरै दुई किलोमिटर लामो रातो तथा पांगो माटो मिसिएको पहिरो जांदा मृतक सोमवहादुरकी २० वर्षिया अस्मिता तामाङ, १६ वर्षिय छोरा सुमन तामाङ, छोरी १२ वर्षिया मनिषा तामाङ र ८ वर्षिय अशोक तामाङ घाइते भएका हुन् । उनीहरु चारै जनाको अपरान्ह एम्वुलेन्समार्फत नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याई उपचार भइरहेको छ ।
चारै जनाको अवस्था सामान्य रहे पनि अस्मिता र मनिषा निकै घाइते रहेको त्रिशूली अस्पतालका डा. अविनास पाण्डेले जानकारी दिए ।  चारै जनाको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
पहिरो गएको घटनाको जानकारी पाएपछि विदुरवाट सेना र प्रहरीको छुट्टाछुट्टै टोली त्यसतर्फ पठाइएको थियो । सेनाको श्रीनाथ गण देवीघाटवाट सहसेनानी थमन गुरुङको नेतृत्वमा ३९ जना सैनिक टोली पठाएर घाइतेको खोज तथा उद्धार गरेको गणका प्रमुख सेनानी दीपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार हराइरहेका वालक पुर्णवहादुरको सेना, प्रहरी र स्थानीयवासीले लामो पहिरोमा खोज िजारी राखेका छन् ।
घाइतेहरुलाई राती देखि नै छिमेकी र पहिरोबाट स्थानीयले उद्धार गरेपछि सदरमुकामबाट २५ किलोमिटर पश्चिममा रहेको गोस्र्याङबाट उनीहरुलाई उपचारको लागि कच्ची तथा विगे्रको वाटोमा एम्वुलेन्स पुगेर अस्पताल ल्याएको घाइते अस्मिताकी सासु कान्छीमाया तामाङले वताइन् । कच्ची बाटो पानीले भत्काएकोले एम्बुलेन्स लगायत यातायात साधन जान नसक्दा समस्या भएको स्थानीयले बताएका छन् ।
चार वर्ष अगाडि गाउंकै तुलवहादुरसंग विवाह गरेकी अस्मिता तीन वर्ष अगाडि श्रीमान मलेसिया गएपछि वुवा मृतक सोमवहादुरको घर अर्थात् माइतीमै वस्दै आएक िथिइन् । उनी, वाहिनी र दुई भाइको रेखदेरख र उपचारको सहयोगमा अहिले उनकी सासु  कान्छीमाया खटिएकी छिन् । ३६ घर रहेको गोस्र्याङको काप्रेगाउंमा माथिवाट लदोसहित आएको ठाडो पहिरोले मृतक सोमवहादुर र सुन्दरवहादुरको घरमात्र वगाएको हो ।
वुवा मृतक सोमवहादुर र आमा सुकुमाया घरको पल्लो भित्तामा सुत्नु भएको थियो । म ढोका छेउको खाटमा सुतिरहेको थिए । एक्कासी हल्लायो, त्यसपछि वहिनी र भाईलाई तानेर भागेर ज्यान वचाएं–पहिरोमा घर पुरिएर वचेका वालक सुमन तामाङले त्रिशूल िअस्पतालमा उपचारको क्रममा भने ।

0 comments

Write Down Your Responses