मलेसियामा सल्कियो आन्दोलनको आगो --भिडियो सहित


काठमाडौं : प्रधानमन्त्रीको राजीनामा माग्दै मलेसियामा हजारौं नागरिक सडकमा उत्रेका छन् ।

प्रधानमन्त्री नजिब रज्जाकको राजीनामा माग गर्दै त्यहाँका हजारौं नागरिक सडकमा निस्केर हिंसात्मक प्रदर्शन शुरु गरेका छन् ।
शुक्रबारबाट शुरु आन्दोलनका क्रममा शनिबार दिउँसो क्वालालाम्पुरको सडकमा निस्केका मलेसियन नागरिकले सार्वजनिक सवारी साधन र सडक संरचनामा तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

प्रधानमन्त्री रज्जाकको बैंक खातमा नाम नखुलेका एक विदेशी दाताले ७ अर्ब बढी रकम जम्मा गरिदिएको पोल खुलेपछि मलेसियन नागरिक उनीप्रति आक्रोशित भएर सडकमा उत्रेका हुन् ।

प्रधानमन्त्री रज्जाकको व्यक्तिगत खातामा विदेशी दाताबाट अर्बौं रकम जम्मा भएको तथ्य गत महिना खुलेपछि प्रमविरुद्ध आन्दोलनको आगो सल्केको हो ।


तथापि प्रधानमन्त्री रज्जाकले भने आफ्नो खातामा विदेशबाट कुनै पनि पैसो जम्मा नभएको दाबी गर्दै आएका छन् ।

क्वालालम्पुरमा शनिबार हिंसात्मक प्रदर्शन थालेको प्रो–डेमोक्रेशी ग्रुप बेरिसले आइतबार पनि आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।
सो ग्रुपले आइतबार पनि क्वालालम्पुर, कोटा किनाबलु र कुचिङमा पनि आन्दोलनको घोषणा गरेको छ । आन्दोलन चलिरहँदा राजधानी क्वालालम्पुरको प्रशासनले प्रदर्शन गर्न अनुमति नदिइ जुलुसलाई अवैधानिकको संज्ञा दिएको छ ।

सन् २०१२ मा भएको यस्तै प्रदर्शनमा प्रहरीले पानीको फोहरा र अश्रुग्यास हानेर आन्दोलनकारीलाई तितरबितर बनाएको थियो ।

,

0 comments

Write Down Your Responses