एमाअाेवादीसहितकाे माेर्चाद्वारा संविधानसभामा ताेडफाेफ- देश कतातिर जादैछ , जताततै भद्रगोलैभद्रगोल
एमाअाेवादीसहितकाे माेर्चाले संविधानसभामा ताेडफाेड गरेका छन् । उनीहरुले कांग्रेस एमालेहरुले पेल्ने खाेजेकाे भन्दै संविधानसभा हलभित्र रहेकाे कुर्सीलगायत सामाग्री ताेडफाेड गरेका हुन् ।
संविधानसभाको ५ माघको बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ, हो–हल्ला र तोडफोड गरेपछि वैठक ६ माघसम्मका लागि स्थगित भएको छ । संविधानसभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमा प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्न सभासद चीनकाजी श्रेष्ठलाई समय दिएलगत्तै विपक्षी सभासदहरुले रोष्टम घेर्न पुगेका थिए । रोष्टम घेराउसँगै उग्र हाउभाउ देखाउँदै उफ्रिएका सभासदहरुलाई रोक्न मर्यादा पालकलाई समेत हम्मेहम्मे परेको थियो ।
हो–हल्ला र तोडफोड बढदै गएपछि सभाध्यक्ष नेम्वाङले ६ माघ दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विरोधमा उत्रिएका सभासदहरुले बैठक स्थगनको घोषणापछि पनि सभाहलभित्रका कुर्सी भाँच्ने, माइक फोड्ने लगायतका कामहरु गरिरहे ।
उनीहरुलाई रोक्नका लागि मर्यादापालकहरुलाई निकै गाह्रो भइरहेको स्पष्ट देखिन्थ्यो ।
त्यसपछि विपक्षी सभासदहरु राति करिब २ बजे नारा लगाउँदै संविधानसभा बाहिर निस्किएका थिए । यसअघि संविधानसभा बैठकमा एमाओवादी सभासद् एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । बैठक स्थगित लगत्तै एमाले अध्यक्ष एमाले केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्


0 comments
Write Down Your Responses