आगोभित्र वसेर वार्ता गर्नुको कुनै अर्थ छैन :-इजरायली प्रधानमंत्री नेतान्याहो
अन्तराष्ट्रिय संचार माध्यामहरूको सहयोगमा तयार पारिएको ,
इजरायली प्रधानमंत्री वेन्जामिन नेतन्याहोले तेलअभिवमा आयोजित मंत्रीमंडलको साप्ताहिक वैठकको क्रममा इजरायलले इजिप्टको मध्यस्तथामा हमाससंगको वार्तामा लामो समय विताईसकेको तर हमासले रकेट र मोर्टार सेल प्रहार गर्न नछोडेकोले अव वार्तामा वस्नुको अर्थ नरहेको वताएका छन् ।
नेतन्याहोले इजरायल आगोभित्र वसेर वार्ता नगर्ने वताउदै इजरायली सेना फर्किसकेको अवस्थामा पनि आक्रमण नरोकिएपश्चात अव आफ्नो लक्ष पुरा नगरेसम्म अपरेशन जारी रहने जनाएका छन् । सोही क्रममा उनले आफुले अपरेशनको दौरानमा अहिलेको युद्द समाप्तीको लागी केही समय लाग्नेछ तर शहनशक्ति र धैर्यताको आवश्यकताको जरूरी रहेको वताएको स्मरण गराए ।
हमास- इजरायल युद्द चलेको एक महिना वितिसकेको छ भने युद्द समाप्तिको कुनै संकेत अझै न्यून रहेको देखिन्छ । आईतवार पनि गाजापट्टीवाट लगातार रकेट प्रहार भईरहेकोले इजरायलका विभिन्न भागहरूमा साईरन वजिरहेका छन् ।


0 comments
Write Down Your Responses