साउदी अरेबियामा ४ देशका महिलाहरूसंगको विहेमा प्रतिवन्ध, कस्तो नियम

साउदी अरेबियाले विभिन्न ४ वटा देशका महिला बिहे गर्न साउदी पुरुषलाई प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सँगै साउदी पुरुषहरुले पाकिस्तान, बंगलादेश, चाड तथा म्यानमारका महिलालाई बिहे गर्न पाउने छैनन् । साथै मोरक्कोका नागरिक महिलालाई बिहे गर्नमा समेत कडाइ गरिएको टि्रब्युनले जनाएको छ ।
आप्रवासी महिला बिहे गर्नबाट साउदी पुरुषहरुलाई रोक्ने सरकारी योजना अनुरुप पछिल्लो नियम बनाइएको बताइएको छ ।
साउदी अरेबियामा उल्लेखित ४ देशका गरि झण्डै ५ लाख आप्रवासी महिलाहरु रहेका छन् ।मक्का पुलिसका निर्देशक असाफ अल कुरासीका अनुसार अन्य साउदी नागरिकलाई विदेशी नागरिकसँग बिहे गर्ने स्विकृति प्रदान गर्दा सन्दर्भमा अतिरिक्त औपचारिकताका प्रावधान तय गरिएको छ ।यस्तो विवाहमा निकै कडा नियम लागु गरिएको छ जसमा अधिकारीहरुबाट स्विकृति प्राप्त गर्ने देखि लिएर सरकारी च्यानलबाटै विवाहका लागि निवेदन दिने सम्मका प्रावधान छन् ।

निवेदक २५ वर्ष भन्दा माथिको हुनुपर्ने तथा अन्य संलग्न कागजातहरु स्थानीय जिल्ला मेयरबाट हस्ताक्षरित हुनुपर्नेछ । साथै अन्य पहिचान खुल्ने कागजात र पारिवारिक कार्ड समेत संलग्न गर्नुपर्नेछ ।पुरुषले पहिले नै विवाह गरिसकेको भए उसले आफ्नी श्रीमती अशक्त रहेको, जटिल रोग लागेको वा बाँझोपन रहेको भन्ने कुरा अस्पतालबाट प्रमाणित गरेर ल्याउनुपर्नेछ ।साउदी अरेबियामा ९० लाख आप्रवासी कामदार रहेका छन् जुन त्यहाँको जनसंख्याको ३० प्रतिशत हो ।यद्यपि साउदी सरकारले भने औपचारिक रुपमा यस बारेमा कुनै घोषणा गरेको छैन ।

,

0 comments

Write Down Your Responses