जन्मेको आधी घण्टामै वच्चा चोरी , अस्पलातमा वलाल मच्चियो


नेपालगन्ज, अस्पतालभित्रैबाट एक नवजात शिशुलाई गायब पारिएको छ । नेपालगन्ज १, धम्बोझीकी १८ वर्षकी रुक्मिणी काँदुले जन्माएको शिशु बिपीचोक स्थित नर्सिङ होमबाट आधा घन्टामै चोरी भएको छ । आइतबार (१८ गते) राति ८ बजे रुक्मिनीले जन्माएका दुईमध्ये एक छोरा चोरी भएको परिवारले जनाएको छ । रुक्मिनीले एक र दुई किलो तौल भएका छोरा जन्माएकी थिईन ।
नर्सले जुम्ल्याहा छोरा परिवारलाई जिम्मा लगाएको केही बेरमा एक अपरिचित महिला (घुम्टो ओढेकी) ले शिशु बोक्न खोजिन, उनीहरुले एउटा छोरा उनको हातमा दिए । कम तौल भएका जुम्ल्याहा शिशुमा स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार एनआइसियु कक्ष लैजाने तयारी भइरहेको थियो । त्यतिन्जेलसम्म शिशु बोकेकी अपरिचित महिला गायब भइसकेकी थिइन् । एउटा शिशु लिएर महिला गायब भएपछि शल्यक्रिया कक्षबाहिर हल्लीखल्ली मच्चियो ।

परिवारमा छाएको खुसी एकै क्षण भरमै खोसियो । ‘तपाईलाई अफ्ठ्यारो भयो, खै दिनुस्, एकछिन म समात्छु भनेपछि समात्न दियौं,’ घटना सुनाउँदै रुक्मिनीकी सासु कुन्नीले भनिन् ‘सुरुदेखि नै उ हाम्रो पछि लागेकी थिई । सहयोग गरेजस्तो गरेर बच्चा चार्नेलाई रहेछ ।’ घटना हुँदा रातको ९ बजेको थियो अस्पतालका सुरक्षागार्डले घटनाबारे थाहा पाए र लगत्तै प्रहरीलाई खबर गरे ।
प्रहरीले अस्पतालभित्र र बाहिर खोज्दा पत्ता लागेन । बच्चा हराएदेखि काँदु परिवार तनावमा छ । घटना भएको चार दिन पुग्दा पनि अस्पताल प्रशासनले नैतिक जिम्मेवारीसम्म नलिएको भन्दै परिवारले आक्रोश पोखेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

0 comments

Write Down Your Responses