आखिर कहिलेसम्म यस्तो , छिमेकीद्वारा सामुहिक वलात्कार
नेपालगन्ज, श्रावण २४ - बाँकेको बेलहरी बुढियागाउँकी एक बालिकामाथि छिमेकीहरूले सामूहिक बलात्कार गरेको खुलेको छ। पीडितले गत ९ गते राति ९/१० बजेको समयमा छिमेकी इम्तियाज खाँ, जलील खाँ र समी कुरेसीलगायत ६ जनाले नजिकैको आँप बगैंचामा लगेर सामूहिक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन्। आरोपित सबै फरार रहेको प्रहरीले जनाएको छ। राति घरमा पस्न लाग्दा पछाडिबाट एक जनाले मुख थुनेर अर्कोले चक्कु देखाएर आँप बगैंचामा पुर्याएर पालैपालो बलात्कार गरेको र बेहोस भएको अवस्थामा आमाले भेटेर उनलाई घर लगेकी थिइन्।


0 comments
Write Down Your Responses