इस्लामवादी लडाकु विरुद्ध अमेरिकी हवाई हमला तीव्र

विविसी वाट
अमेरिकी सेनाले उत्तरी इराकमा इस्लामिक स्टेट (आईएस) का लडाकू विरुद्धको आक्रमण तीव्र बनाएको छ।
उसको ड्रोन र युद्धविमानबाट गरेको हवाइ कारवाहीमा कैयौं लडाकुहरु मारिएको र सातवटा बख्तरबन्द गाडि ध्वस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन्।
मानव रहित ड्रोन र लडाकू विमानद्वारा इश्लामिक स्टेटको मोर्टार र बख्तरबन्द गाडीहरु राखिएको ठाउँमा हमला गरिएको छ।
लडाकू बढ्दै
अमेरिकीहरु रहेको इर्बिल शहरको रक्षाको निम्ति आफूहरुले थप हवाई आक्रमण गरेको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।
यसअघि आईएसआईएस नामले चिनिने उक्त संगठनका लडाकूहरु शहर तर्फ बढिरहेका छन्।
वासिङगट्नबाट बीबीसीका डेभिड विल्स भन्छन्, “इश्लामवादी लडाकुहरु इराकको कुर्दिश क्षेत्रको राजधानी इर्बिल बाहिर ३० माइल भन्दा कम दुरीमा रहेको बताइएको छ। जुन अमेरिकी कम्पनीहरुको मुख्य तेल प्रशोधन केन्द्रहरु रहेको ठाउँ हो।”
"इश्लामवादी लडाकुहरु इराकको कुर्दिश क्षेत्रको राजधानी इर्बिल बाहिर ३० माइल भन्दा कम दुरीमा रहेको बताइएको छ। जुन अमेरिकी कम्पनीहरुको मुख्य तेल प्रशोधन केन्द्रहरु रहेको ठाउँ हो"
डेभिड विल्स, बीबीसी, वासिङगट्न
सन् २०११ मा इराकबाट अमेरिकाले आफ्नो फौज फिर्ता गरेको थियो।
शरणार्थीका पीडा
त्यसयता पहिलो पटक अमेरिकाले इर्बिल शहरको रक्षा गरिरहेका कुर्द लडाकू विरुद्ध आईएसका लडाकूहरुले प्रयोग गरिरहेको तोपगोला विरुद्ध हवाई आक्रमण गरेको थियो।

क्रिश्चियन र याजिदी समुदायका दशौं हजार मानिस विस्थापित भएका छन्
कुर्द अधिकारीहरुले इस्लामिक स्टेटका लडाकूहरुले मोसुस शहर नजिकको इराकको सबैभन्दा ठूलो बाँधलाई पनि नियन्त्रणमा लिएको जनाएका छन्।

विद्रोहीहरुले अब ठूलो मात्रामा भइरहेको विद्युत र पानीको आपूर्ती बन्द गर्न सक्छन्।
"आईएसले इराकमा रणनीतिक उपलब्धी हाँसिल गर्दै जाँदा सैन्य कारवाही कति लम्बिएला भन्ने प्रश्न भने बाँकी नै छ"
रजनी विद्यानाथन, बीबीसी सम्वाददाता
अमेरिकी अधिकारीहरुले बढ्दो मानवीय संकटलाई लिएर पनि आफूहरु चिन्तत रहेको बताएको छन्।
राष्ट्रसंघका एकजना प्रवक्ताका अनुसार थप दुई लाख शरणार्थीहरु इराकी कुर्दिस्तान पुगेको र अरु हजारौं टर्कीको सीमाना तर्फ लागेको बताएका छन्।
बाँकी प्रश्न
अल्पसंख्यक याजिदी समुदायका दशौं हजार मानिसहरु लडाकूहरुबाट बच्ने क्रममा एउटा उजाड पहाडी टापुमा फस्न पुगेका छन्।
अमेरिकी जहाजले खाद्य सामग्री खसालेपछि उनीहरुसम्म पानी र खाने कुरा पुग्न थालेको छ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले हवाई हमला लक्षित र सीमित हुनेमा जोड दिएका छन्।
उनले स्थल कारवाही भने नहुने बताए।
तर वासिङ्गट्नस्थित बीबीसी सम्वाददाता रजनी विद्यानाथन भन्छिन, “आईएसले इराकमा रणनीतिक उपलब्धी हाँसिल गर्दै जाँदा सैन्य कारवाही कति लम्बिएला भन्ने प्रश्न भने बाँकी नै छ।”

0 comments

Write Down Your Responses