गाजापट्टीमा रक्तपात रोकी सहमतिमा आउन इयुको दवाव , प्यालेस्टेनी प्रतिनिधी मण्डलको मस्यौदामाथि कायरोमा छलफल


गाजापट्टीमा रक्तपात रोकी सहमतिमा आउन इयुको दवाव प्यालेस्टेनी प्रतिनिधी मण्डलको मस्यौदामाथि कायरोमा छलफल कायरोमा रहेको प्यालेस्टेनी प्रतिनिधि मण्डल एन आइ न्यूज इजरायल हमासका प्रवक्ता अवु जुहारीले इजरायलले हराइरहेका सैनिकलाई अपहरण गरेको गलत समाचार प्रसार गरेको आरोप लगाउदै ति सैनिक युद्द क्षेत्रमा मुठभेडको क्रममा मारिएको पुष्टि भएको बताएका छन् । इजरायलले संसारभर सैनिकको अपहरणको दावी गरी शान्ती प्रक्रियालाई उलंघन गरी नरसंहार गर्न उद्दत रहेको प्रवक्ता अवु जुहारीले बताए । यस विषयमा आफ्नो धारणा परिवर्तन गर्न उनले वान की मुन र अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । कायरोमा हमास र प्यालेस्टेनी अधिकारी सहितको टोलीले आफ्ना मागहरुको छलफलकालागि मस्यौदा तयार गरी इजिप्टसँग छलफल गरिरहेको अल मायादिनले बताएको छ । समाचार अनुसार इजरायल तर्फबाट तुरुन्त युद्द विराम र गाजा क्षेत्रबाट इजरायली सेनाको फिर्ता हुनुपर्ने, नाकावन्धी अन्त्य हुनुपर्ने, सिमा खुल्ला गरिनुपर्ने, १२ माइल्स वरिपरी निस्फिक्री हिडडुल गर्न पाउनुपर्ने मागहरु समेटिएको छ । यसैविच युरोपियन युनियनले गाजामा रक्तपात रोकी तुरुन्त सहमतिमा आउन इजरायल तथा प्यालेस्टेनी नेताहरुलाई आग्रह गर्दै राजनितिक समाधान नै दिर्घकालिन समाधानको एक मात्र विकल्प भएको कुरामा जोड दिएका छन् । २८ देश सम्मिलित राष्ट्रहरुको कार्यकारी युरोपियन नियोगका अध्यक्ष जोसे मन्युइल वरोसो र परिषद अध्यक्ष हेर्मान भन रोम्प्युले इयु सहमति निर्माण गर्ने कुरामा सम्पूर्ण रुपले सहयोग गर्न दृढ रहेको कुरा बताएका छन् । उनीहरुले रक्तपात रोकिनु जरुरी रहेको बताउदै पहिलेका हिंसाबाट सैनिक अप्रेशनले के उपलव्धि भयो भन्ने कुरा देखिसकेका छन् । त्यसकारण युद्द रोकी दुई देशविचको यथार्थतालाई सहमतिका आधारमा अगाडि वढाउनुपर्नेमा जोड दिएका छन् ।
एन आई न्यूज इजरायलवाट

0 comments

Write Down Your Responses