काठमाडौं, साउन २६- प्रहरी ‘मुठभेड’मा मारिएका गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तहरूको सम्पत्ति प्रहरीले छानबिन गर्ने भएको छ । उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ । खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो । ‘धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अवैध रूपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौँ ।’ आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएको नयाँ पत्रिकामा खबर छ । एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोत बताउँछ । गत वर्षसम्म महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन् । उनले चढ्ने स्कोडा गाडी भने पूर्वप्रेमी अर्पण कोइरालाले किनिदिएको स्रोत बताउँछ । अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको आर्थिक पाटोको अनुसन्धान हुने बताए । ‘जबर्जस्ती असुलेको रकम गर्लफ्रेन्डलगायतको नाममा राखेको भन्ने आएको छ,’
चरीको प्रेमिका खुश्बुको घर छानबिनमा,अरू डन खोजीमा


0 comments
Write Down Your Responses