एजेन्सी .
विश्वकै पिडादायक सम्बन्धविच्छेद : पूर्वप्रेमिकासँग किनेको आइफोनदेखि कारसम्म आधा–आधा (फोटो तथा भिडियो) --- सुन्दा पनि तपाईलाई अनौठो लाग्ला आईफोनदेखी कार सम्म आधा आधाभन्दा तर वास्तविकता यस्तै छ ।
आफ्नो प्रेमिकासँग सम्बन्धविच्छेद भएको झोँचमा एक व्यक्तिले उनीसँग मिलेर किनेका सबै सामानहरु आधा गरेका छन्, शाब्दिक अर्थमै । जर्मनीका ती व्यक्ति सम्बन्ध विच्छेदपछि विक्षिप्त बने कि उनले आफ्नो पूर्व प्रमिकासँग मिलेर किनेका सबै समान काटेर आधा–आधा गरेका हुन् । सबैलाई आधा गरेपछि उनले ती समान इबे नामक अनलाइन सपिङ साइटमा विक्रीका लागि राखेका छन् । उनले आफ्नो नाम नखुलाए पनि इबेमा उनको आइडी डर.जुली राखेका छन् । उनका अनुसार ती सामानहरु किन्न उनको पूर्व प्रेमिकाले मद्दत गरेकी थिइन् । यसरी दुई टुक्रा पारिएका सामानहरुमा आइफोनदेखि उनको खाट, कार र साइकलसम्म रहेका छन् । उनले उक्त आफ्नो सामान काट्दै गरेको भिडियो युट्युवमा समेत राखेका छन् । उनले आफ्नो पूर्वप्रेमिकाका लागि सन्देश छाड्दै भनेका छन्, ‘सुन्दर १२ वर्षका लागि धन्यवाद, लौरा । तिमी साँचिक्कै सबै सामानको आधाको हकदार हौ । मेरो उत्तराधिकारीका लागि शुभकामना ।’
विश्वकै पिडादायक सम्बन्धविच्छेद : पूर्वप्रेमिकासँग किनेको आइफोनदेखि कारसम्म आधा–आधा (फोटो तथा भिडियो)
0 comments
Write Down Your Responses