१२ वर्षदेखी निल खाने स्कूल - हेर्नुहोस्
देवचन्द्र भट्ट नुवाकोट : एसएलसी राम्रो नतिजा निकाल्न सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा चलिरहँदा नुवाकोटको एक विद्यालयको नतिजा भने १२ वर्षदेखि शून्य छ ।
सदरमुकाम विदुरस्थित नुवाकोट, रसुवा र धादिङका विद्यार्थी पढने एकमात्र देविघाटस्थित शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले यो वर्ष पनि नील नतिजा पाएको छ।
अन्य विद्यालयमा अनुत्तिर्ण र कमजोर क्षमताका विद्यार्थी अध्ययनका लागि आउने गरेकाले नतिजा निराशाजनक हुने गरेको प्रधानाध्यापक हेमप्रसाद अधिकारीले बताए ।
अन्य विद्यालयवाट कमजोर क्षमतका विद्यार्थीहरु आउने गरेका कारण एसएलसीको नतिजा कमजोर भएको ठहर गर्दै सो विद्यालयलाई निकै शैक्षिक सुधार गर्न वाकी रहेको उनले स्वीकार गरे ।
२०५५ सालमा स्थापना भएको संस्कृत विद्यालयबाट यो वर्षको एसएलसी दिएका सातै जना फेल भए । २०६० बाट एसएलसीमा सामेल हुन थालेको यो विद्यालयले दुईवर्षअघि नियमिततर्फ एकजना विद्यार्थी उत्तीर्ण गराएको रेकर्ड छ ।
पुरक आंशिकामा भने केही विद्यार्थी उतिर्ण गराइरहेको यो विद्यालयबाट अहिलेसम्म २० जना विद्यार्थीमात्रै एसएलसीमा सफल भएका छन् ।
विद्यालयमा हाल एकसय २० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म पठनपाठन हँुदै आएको सो विद्यालयमा संस्कृत व्याकरणको सय र संस्कृत भाषाको सय पुर्णांकको विषय प्रमुख हुन् ।
0 comments
Write Down Your Responses