नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा पुर्ण स्मारक उच्च मावि गोदकका प्राचार्य विमल प्रधानले चियामा प्रयोग गरिने किटनाशक विषादी प्रयोग गरेर आत्महत्या गरेका छन् ।
सुर्योदय नगरपालिका आइतबारेको विरेन्द्र माविमा एसएलसीको केन्द्राध्यक्ष समेत रहेका प्रधानले परीक्षा सकेर आफ्नो मुलघर समाल्बुङ जाने क्रममा बाटोमा विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले जनाएका छन् ।
प्रधान परीक्षा सकेर सहयोगी छ तर गुरुङ्गका साथमा पशुपतिनगर पुग्नु भएका थिए।
बाटोमा फिक्कलको एक एग्रोभेटबाट चियामा हाल्ने विषादी खरिद गरेर गोजीमा हालेको र पशुपतिनगरको फाटमा पुगेर गुरुङ्गलाई मोटरसाईकल र ब्लुबुक फिर्ता गरेको प्रहरीले जनाएको छ। ब्लू बुक भित्र तीन पेजको सुसाइड नोट लेखेर राखेको भेटिएको छ ।
प्रहरीले नोट फेला पारेपछि दिउसो तीन बजेबाट उनको खोजी शुरु गरेको थियो। साँझ ६ बजे दाजु पुर्ण प्रधानका छोराले मेची बजार नजिक बोल्न नसक्ने अवस्थामा उनलाई फेला पारेका थिए । त्यसपछि फिक्कल स्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको थियो भने थप उपचारको लागि झापाको मनमोहन मेमोरीयल अस्पतालमा सिफारिस गरिएको थियो । उनको उपचारको क्रममा सोमवार राती मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
पत्रकारले सुसाईट नोट लेखेर किन गरे आत्महत्या ?
0 comments
Write Down Your Responses