एउटै मान्छेको दुईवटा अनुहार एउटा हास्दा अर्को रून्छ - भिडियो सहित


एजेन्सी , एउटै मान्छेको दुईवटा अनुहार एउटा हास्दा अर्को रून्छ
हाँस्ने, रुने, खाने, बोल्ने, सुत्ने, उठ्नेजस्ता कार्यहरु हामी एउटै अनुहारमार्फत गछौँ तर यदि कोही मानिसको दुईवटा अनुहार भएमा यदि के होला ? यो प्रश्नप्रति अहिलेसम्म कोही पनि मानिसले सोच्नुभएको छैन होला तर संसारमा यस्ता व्यक्ति पनि थिए जसको दुईवटा अनुहार थियो

। यो कुरालाई हामीले वाहियात भनेर नकार्न सक्दैनौँ । १९ औँ शताब्दि बेलायतको निकै सम्भ्रात परिवारका उत्तराधिकारी एडवर्ड मौर्दकेको दुईवटा अनुहार भएको मानिन्छ । उनको दुईवटा अनुहार मध्ये अर्को अनुहार भूतको भएको धेरै मानिसहरुको भनाई थियो । विकिपेडियाका अनुसार आफ्नो दोस्रो अनुहारले राती सुतिरहेको बेला कानेखुसी गर्ने र आफू रुँदा अर्को अनुहार हाँस्ने बताउँदै यसलाई हटाउनका लागि डाक्टरहरुलाई अनुरोध गरेका थिए तर कुनै डाक्टरले पनि यसको लागि केहि पहल गरेनन् । उनको समस्याको समाधान केहि कारणले नभएका कारण २३ वर्षको उमेरले उनले आत्महत्या गरे ।
 कस्तो अनौठो होला त ?   सबैभन्दा महत्वपूर्ण कुरा के हो भने उनको अर्को अनुहार हाँस्ने र कानेखुुसी गर्ने बाहेक केहि पनि प्रतिक्रिया गर्दैनथ्यो । यतिमात्र होइन, योसँग मिल्दो जुल्दो कथा बंगालमा बस्ने चांग त्जु पिंगको पनि छ, उनी पनि यस्तै घटनाबाट गुज्रिरहेका छन् । बंगालमा यस्तो केस अन्य १० मानिसमा भएको बुझिएको छ । स्मरण रहोस्, चांग त्जु पिंगको हड्डीको ढाँचा आज पनि लण्डनको हुन्तेरियन म्युजियममा राखिएको छ ।

0 comments

Write Down Your Responses