एजेन्सी,
कस्तो रेस्टुरेन्ट होला, जहाँ वेटरले होईन ड्रोनले पुर्याउँछ खाना - भिडियो हेर्नुहोस् सिंगापुरमा यतिबेला कामदारहरुको ठूलो संकट रहेको छ । तर, त्यहाँ रहेको एउटा रेस्टुरेन्टले भने यो समस्या समाधान गर्ने नौलो उपाय अपनाएको छ, उड्ने रोबोट वेटरको प्रयोग गरेर । कम्पनीले यस्तै इन्फिनियम रोबोटिक्स ड्रोनलाई यो वर्षको अन्त्यसम्ममा रेस्टुरेन्टका अन्य शाखाहरुमा पनि प्रयोग गर्ने तयारी गरिरहेको छ ।
आप्रवासीहरुको संख्यामा नियन्त्रण गर्नका लागि सरकारले सस्ता विदेशी कामदार भित्र्याउनमा कडाई गरेपछि कामदार पाउन सिंगापुरमा निकै कठिन भएको छ । यसको मार विशेष गरेर रेस्टुरेन्ट व्यवसायमा परेको छ जुन पहिले विदेशी कामदारमा आश्रित थियो । सिंगापुरका युवाहरु अफिसका कामतिर आकर्षित बनेपछि रेस्टुरेन्टका लागि कामदार पाउन सिंगापुरमा निकै कठिन बनेको छ ।
उच्च भाडा र कामदारको कमीका कारण विभिन्न चर्चित रेस्टुरेन्टहरु केही महिनामा बन्द भएका छन् । यो समस्या समाधान गर्नका लागि केही रेस्टुरेन्टहरुले नयाँ योजनाहरु प्रयोग गरिरहेका छन् जसमा काम गर्न सक्ने र पकाउन सक्ने रोबोट देखि आइप्याड मेनु, बुलेट ट्रेन डेलिभरी सिस्टम रहेका छन् । तर, ड्रोनहरुको प्रयोग गरेर टेबल खाना पुर्याउन थालिएको भने पहिलो पटक हो ।
यी रोबोट वेटरहरुले रेस्टुरेन्टमा जडान गरिएका इन्फ्रारेड सेन्सरहरुका माध्यमले ठाउँहरु पत्ता लगाउँछन् जसलाई एउटा कम्प्युटर प्रोग्रामले नियन्त्रण गर्ने गर्छ । यस्ता ड्रोनहरुले दुई केजीसम्म तौल भएका खाना र पानी बोक्न सक्छन् ।
टिम्ब्रे समुहका प्रवक्ता पनि यस प्रविधिमा अझै पनि केही कमीहरु रहेको स्वीकार गर्छन् । कार्यकारी निर्देशक एडवार्ड चियाका अनुसार उनले यस्ता ४० वटा ड्रोन प्रयोग गर्ने योजना बनाइरहेको र त्यहाँ भएका मानवस्रोतलाई भने अझै सीपमुलक कामका लागि प्रयोग गर्ने तयारी गरिरहेको बताए । ड्रोन प्रयोग गरेपनि उनी अझै केही मानव वेटरहरु भने राख्ने उनी बताउँछन् । ड्रोनले भान्छाबाट खाना ल्याउने गरे पनि त्यसलाई सर्भ गर्न अझै वेटर राख्ने तयारी गरेको उनी बताउँछन् ।
खाना टेवलमा आईसकेपछी त्यहाका वेटरले सर्भिस गर्छन् ।
0 comments
Write Down Your Responses