विवाहको प्रलोभनमा पारेर यसरी युवतीहरूलाई ठगि गरेपछी .....?

काठमाडौं
  विवाहको प्रलोभनमा युवतीहरूलाई ठगी गरेर शारिरिक तथा आर्थिक शोषण गर्ने दुई  युवक पक्राउ परेका छन् ।  विवाह गरेर हङकङ तथा  बेलायत लैजाने भन्दै युवतीहरुलाई प्रलोभन  देखाएर खेलवाड गरेको ठगेको प्रमाण सहित झापा धरमपुर २ का वीरबल तामाङ र अर्का एक जनालाई   प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।  ब्युरोका अनुसार उनले विभिन्न उमेर समूहका युवतीलाई आफू हङकङ र बेलायतको आइडीवाला भएको भन्दै विभिन्न बहानामा भेट्ने र विवाह गरी विदेश लैजाने प्रलोभन देखाई आर्थिक र शारीरिक शोषण गर्दै आएका थिए। ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न युवतीबाट ३० लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ ।
प्रहरीका अनुसार उनले प्रारम्भमा युवतीको सम्पर्क नम्बर खोजेर फोनमार्फत मित्रता बढाएपछि मोबाइल, पैसा दिएर नजिकिने गरेका थिए। उनले विवाह गर्ने भन्दै युवतीलाई प्रस्ताव राखेपछि उनीहरुको बैंक खाता र एटिएम कार्डबारे जानकारी लिन्थे।
आफूसँग हङकङ र बेलायतको कार्ड छ भन्दै उनी विवाहपछि उतै गएर बस्ने भन्दै विभिन्न बहानामा सम्पर्कमा आएकी युवतीको चेक वा एटिएम लिएर पैसा निकाल्दै आएका थिए। पैसा निकालेपछि तामाङ सम्पर्कविहीन हुने गर्थे।
प्रहरीले शुक्रबार उनलाई पक्रँदा विभिन्न व्यक्तिको नामको ६ वटा एटिएम, २ लाख ३० हजार नगद र सुनका गहना फेला पारेको थियो। अनुसन्धानमा तामाङ १० वर्षदेखि यस्तै धन्दामा सक्रिय रहेको र उनी यसकै आडमा काठमाडौंमा सम्पन्न जीवन बिताउने गरेको खुलेको छ।
तामाङले विवाह गरेर विदेश लैजान्छु भनेर ठगी गरेको भन्दै प्रहरीमा ५ जना युवती आइपुगेका छन्। उनीहरुको जाहेरीका आधारमा उनीमाथि करणी र ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको ब्युरोले जानकारी दिएको छ। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।
तलको फेसवुक पेजमा एक लाईक गर्न भुल्नुभएको छ भने कृपया एक लाईक गरेर रमाईला रमाईला . अनौठा समाचार प्राप्त गर्नुहोस् 





0 comments

Write Down Your Responses