ब्युटिपार्लरवाट एचआई भी सर्यो - श्रीमानले पनि छोडे -

ब्युटिपार्लरवाट एचआई भी सर्यो - श्रीमानले पनि छोडे -
के तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न एकपटक सोच्नुस् है । तपाईको अनुहारको फोका तथा खिल निकाल्न प्रयोग गिरिएको उपकरण निर्मलीकरण गरेको छ कि छैन सचेत हुनुहोस् ।
ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ छैन पहिचान गरेर मात्र उपकरणको प्रयोग गर्नुहोला, नत्र तपाई पनि एनआईभी संक्रमणको सिकार बन्नु होला ।यस्तै, समस्याको सिकार भएकी छन्, नुवाकोटकी एक महिला । जब उनको गर्भमा ७ महिनाको बच्चा थियो, रक्त परीक्षण गर्दा उनी र उनको गर्भमा रहेको बच्चामा एचआईभी संक्रमित भएको पत्ता लागेको छ ।


उनलाई यो घटनाले जीवनभरी पछुतो मात्र बनाएन, उनका पतिले समेत छाडेर गए ।समस्याको निराकरण गर्ने क्रममा राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रले उनका पतिको रक्त परीक्षण गर्दा उनमा संक्रमण नभएको र उनी जाने गरेको ब्युटीपार्लरको उपकरणबाट सरेको प्रमाणित भयो । ब्युटिपार्लरले प्रयोग गर्ने उपकरण राम्रोसँग निर्मलीकरण नगरेकै कारण उनमा एचआईभी संक्रमण भएको पुष्टी भयो । यो कुरा थाहा पाउँदा ती १७ वषर्ीया युवती छाँगाबाट खसे झैं भइन् ।

एचआईभी संक्रमण यौनजन्य क्रियाकलापबाट मात्र सर्ने नभई दारी काट्ने मेसिन, सैलुनमा प्रयोग गरिने छुरा, कपाल काट्ने कैंची, दन्त उपचारका क्रममा स्वास्थ्य संस्थामा प्रयोग गरिने उपकरणहरुबाट पनि सर्न सक्छ ।
-नेपाल समाचार पत्र

0 comments

Write Down Your Responses