७२ लाख घुस लिँदा लिँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा पक्राउ (भिडियो हेर्नुहोस् ।
काठमाडाैं :
घुस लिँदा लिँदै शुक्रबार राति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीबाट ७२ लाख रुपैयाँ बरामद भएको छ ।
मुनलाइट पार्टी प्यालेस, धुम्बाराहीबाट पक्राउ परेका नायव सुब्बा कार्कीको साथबाट २१ लाख ४० हजार र उनले घरमा लुकाएको ५१ लाख २ सय सहित ७२ लाख रुपैयाँ बरामद भएको हो ।
घुस लिँदै गरेको सूचनाका आधारमा अख्तियारले शुक्रबार राति छापा हान्दा नायब सुब्बा कार्की, भन्सार एजेन्टहरू प्रेम अधिकारी र देवराज भट्टराई घुस लिएको रकमसहित रंगेहात समातिएका थिए ।
अवैध सुन ओसारपोसार गर्दा थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाई दिने भन्दै उनीहरुले करिब एक करोड रुपैयाँ घुस लिएको दाबी अख्तियार श्रोतले गरेको छ ।
शुक्रबार राति पक्राउ परेका नायब सुब्बा कार्कीको कपन-३ स्थित घरमा रहेको रकम उनकी पत्नी लक्ष्मी लम्साल कार्कीले लुकाउँदै गरेको अवस्थामा शुक्रबारै राति ५१ लाख रुपैयाँ अख्तियारले बरामद गरेको थियो ।
धुम्बाराहीबाट पक्राउ परेका कार्कीकी पत्नीले विमानस्थल भन्सार जाँचपास परीक्षण कार्यालयका नायब सुब्बा सुरेश थपलियाको सुकेधारास्थित घरबाट ५१ लाख २ सय रुपैयाँ बरामद गरेको हो ।
रकम बरामद भएपछि नासु थपलिया र नासु कार्कीकी पत्नी लक्ष्मीलाई पनि अख्तियारले शनिबार नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।
अख्तियार शुक्रबार राति विमानस्थल भन्सार कार्यालयको बा.६.च ७८७४ नम्बरको स्करपियो जीप र भन्सार एजेन्टले प्रयोग गरेको बा.१०.च ४०७५ नम्बरको आइ-१० सवारी साधन समेत बरामद गरेको जनाएको छ । अन्नपुर्ण पोष्टवाट
0 comments
Write Down Your Responses