आफ्नै वावुले ९ वर्षकी छोरीको वली चढाए- आखिर कहिलेसम्म सहने यस्तो अन्याय


एजेन्सी,
भारतको उत्तर प्रदेशको कानपुरमा एक बाबुले आफ्नी नौ वर्षकी छोरीको बलि दिएको समाचार छ । उनकी पत्नीले कुनै साथीले घरको सुख–शान्तिको लागि यस्तो गर्न सुझाएपछि आफ्नै छोरीको बली दिएको बताएकी छिन् ।

उनका अनुसार साथीको सल्लाह बमोजिम नै उनका पतिले हथौडा र ह्याण्डपम्पले पिटेर छोरी मारेका हुन् । पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । प्राप्त जानकारी अनुसार सिकन्दरा क्षेत्रको जमौर गाउँमा बस्ने गिरजेश (३८) को परिवारमा पत्नी सुनीताको अलावा दुई छोरा अमित (१५) अमन (१३) र एक छोरी खुशी (९) थिए।


कृषक गिरजेश कमाई भएकै कारण दुई वर्षदेखि दुःखी थिए। सुनीताका अनुसार शनिवार साँझ जब गिरजेश घर आएपछि उनले घरमा कपुर भए नभएको सोधे । घरमा पूजाको सामान नभएपछि बाहि र गएर उनले सामान लिएर आए ।

जव खाना खाने समय भयो उनले उपवास भएकाले पूजापाठ सकेर खाने बताए । राती कृष्णजन्‍माष्‍टमीको विषयमा पति पत्निको झगडा भयो । त्यसपछि उनी बच्चाहरु लिएर बाहिर सुत्न निस्किए ।

उनी बाहिर निस्केको कहिबेरपछि रगताम्य छोरीको लाश देखियो, छोरीको लाससँगै अगरबत्ती र फूल समेत भेटियो । प्रहरीले तन्त्रमन्त्रको चक्करमा हत्या गरिएको भनेपनि यसको जाँच भईरहेको जनाएको छ ।

नेपाल जापान डट कमवाट

0 comments

Write Down Your Responses