शारिरिक संपर्क विना नै वच्चा जन्माउन सकिने प्रविधी नेपालमा

समयको मागसंगै नयानया प्रविधीहरूको पनि विकास भईरहेको छ । अव नेपालमा पनि  एकसाथ वस्न नसक्ने श्रीमान  श्रीमतीवाट समेत चाहेको समयमा वच्चा जन्माउन सकिने भएको छ ।
वीर्य छाडेर गएको १५ वर्षपछि पनि बाबु बन्न सकिने सेना, प्रहरी तथा सरकारी जागिरेहरु लाभान्वित वैदेशिक रोजगार विभागका अनुसार अहिले झन्डै ५० लाख युवा विदेशमा छन् । कोही वैदेशिक रोजगारका लागि त्यहाँ पुगेका छन् भने कोही अध्ययनको शिलशिलामा । रोजगारीका लागि विदेशमा जाने क्रम बढेसंगै नेपालमा निःसन्तानको समेत समस्या बढ्दै गएको भन्दै चिकित्सकहरुले चिन्ता प्रकट गरेका छन् । निःसन्तानको समस्या देखिन थालेपछि नेपालमा अहिले केही अस्पतालहरुले श्रीमान र श्रीमतीबिच हुने शारिरीक सम्बन्ध बिनानै बच्चा जन्माउने प्रविधिको थालनी गरेका छन्। वीर्य तथा डिम्ब संकलन गर्ने बैंकमा पुरुषले वीर्य सञ्चित गरेको १५ वर्ष पछिसम्म त्यसबाट उक्त पुरुषको श्रीमतीलाई गर्भवती बनाउन सकिने भेनस असपतालको टेस्ट्युव बेबी विभाग प्रमुख स्वस्ती शर्माले जानकारी दिइन।
 भेनस अस्पतालको वीर्य तथा डिम्बको बैंकमा अहिले विदेशमा जाने केहि युवाहरुले आफ्नो वीर्य सञ्चित गरेर जान थालेका छन्। अस्पतालले भने उचित समय मिलाएर यस्ता युवाहरुको श्रीमतीको पाठेघरमा वीर्य राखिदिने गर्दछ। यसरी श्रीमान विदेश गएको कैयन महिनापछि पनि नेपालमा अहिले उनिहरुका श्रीमतीहरु गर्भवती हुने गरेका छन्। पुरुषको वीर्यलाई एक महिना देखि एक वर्षसम्म बैंकमा सञ्चित गरेर राखेबापत भेनस अस्पतालले १० हजार रुपैयाँ शुल्क लिने गरेको छ। यसको शुल्क प्रत्येक वर्ष १० हजार रुपैयाँ पर्न आउँदछ। यसरी सञ्चित गरेर राखेको वीर्यलाई महिलाको पाठेघरमा राखेबापत भने अस्पतालले ३ हजार रुपैयाँ देखि ५ हजार सम्म लिने गरेको छ। अस्पतालले यसरी संकलन गरेर राखेको वीर्य महिलाको प्रिगनेन्सी अवधि सुरु भएपछि पर्भजानील्टी अल्ट्रासाउण्डको सहायताले महिलाको पाठेघरमा राखिदिन्छ । साथै उपचार भने मिनसुरेसन भएको दुई दिनपछिबाट सुरु गरिने शर्माले बताइन। यसरी छाडेर गएको वीर्य महिलाको पाठेघरमा ५ पटकसम्म राख्दा समेत बच्चा भएन भने अस्पतालले टेस्ट्युब बेबी सेवा उपलब्ध गराउने गरेको छ। तर टेसट्युब बेबी सेवा प्रदान गरेबापत भने अस्पतालले २ लाख ५० हजार रुपैयाँ देखि ३ लाख सम्म लिने गरेको शर्माले बताइन। वानेश्वरको भेनस हस्पिटलमा अहिले यस खालको सेवा लिन थुप्रै मानिसहरु आउने गरेको शर्माले जानकारी दिइन। श्रीमान विदेश जाने समय नजिकिदा समेत बच्चा नभएपछि उनिहरु अस्पतालमा यसखालको सेवा लिन आउने गर्छन्। विदेश जाने मात्रै नभई नेपालमा पनि दम्पत्तीबिच खासै भेटघाट हुन नपाउनेहरुले यो खालको सेवा लिने गरेका छन्। सेना प्रहरी तथा सरकारी जागिरेले समेत अहिले अस्पतालबाट यो सेवा लिइरहेको उनले बताईन । श्रीमानको काठमाडौबाट अन्यत्र जिल्लामा सरुवा भएपछि केहि दम्पत्तीहरु यस खालको सेवा लिन आउने गरेको शर्माले जानकारी दिइन। शर्माका अनु्सार १० वर्ष सम्म बच्चा नभएका एक जोडी गत जेठमा भेनस अस्पतालमा आएका थिए। ‘बच्चा नभएकोमा उनिहरु निराशा मात्रै थिएन त्यो जोडिका पुरुष कामको लागी केहि वर्षको लागि अमेरिका जानुपर्ने भएपछि त्यो जोडि निकै चिन्तित देखिन्थ्यो‘ शर्माले भनिन्। शर्माका अनुसार यो जोडिको पुरुष अमेरिका पुगेको एक महिनापछि महिला गर्भवती भएकी थिइन। नेपालमा यस प्रविधिबाट बच्चा बनाउने अधिकांश जोडिले आफ्नो नाम खुलाउन चाहदैनन्। यो सेवाले नेपालमा बढ्दै गएको निशन्तानको समस्या हल हुँदै जान लागेको शर्माको दावी छ। एक बच्चाको लागि भेनस अस्पतालले पुरुषको तिनपटक देखि पाचँ पटक सम्म वीर्य संकलन गर्ने गरेको छ। दुई दिन बिराएर लिइने बिर्यलाई अस्पतालले तरल नाइट्रोजनको सहायतामा विभिन्न बाकसमा संकलन गरेर राख्ने गर्दछ। यो पनि नेपालमा वीर्य र डिम्बको खरिद गर्न चाहने धेरै, बेच्ने थोरै setopati.com

0 comments

Write Down Your Responses