ओलीले बालकोटमा डाकेर अश्लील हर्कत गर्ने मन्त्री पराजुलीलार्इ यसरी झपारे


काठमाडौं----- धान दिवस कार्यक्रममा अभद्र शैलीमा महिलाहरुलार्इ समातेर आलोचित कृषिमन्त्री हरिप्रसाद पराजुलार्इ एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा बोलाएर स्पष्टिकरण लिएका छन् ।
बुधबार अपरान्ह ६ बजे बालकोट पुगेका मन्त्री पराजुलीलार्इ धान दिवस मनाउने क्रममा महिलालार्इ समातेको घटनाबारे अध्यक्ष ओलीले जानकारी मागेका थिए ।
मन्त्री पराजुलीको हर्कतले सिंगो पार्टी र सरकारको समेत बेइज्जत भएको भन्दै अध्यक्ष ओलीले स्पष्टिकरण लिएपछि मन्त्री पराजुलीले सञ्चारमाध्मयमा आएजस्तो घटना नभएको बताएका थिए ।

बालकोट स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले करिब आधा घन्टासम्म राखेर मन्त्री पराजुलीसँग स्पष्टिकरण लिएका थिए । अध्यक्ष ओलीले मन्त्री पराजुलीलार्इ आफ्नो पदीय मयार्दाको ख्याल गर्न चेतावनी दिएका थिए । मंगलबार दिउँसो काठमाडौंको मूलपानीमा मनाइएको धान दिवसका क्रममा हिलो छ्याप्ने बहानामा मन्त्री स्थानीय महिलाहरुलार्इ अश्लिल शैलीमा समातेका थिए ।
मन्त्री पराजुलीले महिलाहरुलार्इ समातेको समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएपछि उनको र एमाले पार्टीको समेत कडा आलोचना भइरहेको छ ।
मन्त्री पराजुलीसँग एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बुधबार दिउँसो मन्त्रालयमै बोलाएर उनको हर्कतबारे स्पष्टिकरण लिएका थिए ।
मन्त्री पराजुलीले धान दिवसमा देखाएको हर्कतको बुधबार बसेको संसद् बैठकमा समेत कडा आलोचना भएको छ । सभासद्हरुले मन्त्री पराजुलीमाथि महिला हिंसाको अभियोगमा कारबाही माग गर्दै पदबाट तत्काल बर्खास्त गर्न पनि माग गरेका थिए ।
एमालेकै केही केन्द्रीय सदस्यसहितका नेताहरुले भने मन्त्री पराजुलीलार्इ ुकलंकु को संज्ञा दिँदै उनलार्इ मन्त्री पदबाट तत्काल हटाउन अध्यक्ष ओलीसँग माग गरेका छन् ।

0 comments

Write Down Your Responses