न्युयोर्क, सुन्दा अनौठो लाग्ने नेपालीहरूलाई किन अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउससंग यतिविघ्न वितृष्णा भयो होला या कारण अन्य होला ?
अमेरिकाको राजधानी वसिङ्टन डिसीमा रहेको राष्ट्रपति भवन ह्वाइट हाउस बम पड्काएर ध्वस्त पारिदिने भन्दै धम्क्याउने दुई नेपाली पक्राउ परेका छन् । उनीहरूले ९११ मा फोन गरेर आफुहरु अलकायदाको सदस्य भएको भन्दै ह्वाईट हाउस ध्वस्त पारिदिने धम्की दिएका थिए ।
न्युयोर्क बस्ने २८ वर्षे गुरु धिमाल र कोलम्बसमा बस्ने ६७ वर्षे भगीरथ कोइराला पक्राउ परेका हुन् । उनीहरूले वसिङटन डिसीको ह्वाइट हाउस नजिकै रहेको बसबाटै बम पड्काइदिने धम्की दिएका थिए । ३० यात्रु रहेको बसमा बसेर उनीहरूले ह्वाइट् हाउस ध्वस्त पार्ने धम्की दिएका थिए । ९११ मै किन फोन गरेको त ? भनेर सोधिएको प्रश्नमा गुरु धिमालले भनेका छन्, 'रिपोर्ट गरी राखौ भनेर हो ।'
आफुहरु ओहायोबाट रहेको भन्दै धम्की दिएको अडियोसमेत प्रहरीले सार्वजनिक गरेको छ । बस बफेलो सहरबाट क्लिभल्यान्डतिर जाँदै थियो । फोन वार्तामा गुरु धिमालले आफुहरु अलकायदाको सदस्य भएको र भारतबाट बम बनाउने सदस्यहरू आएको बताएका छन् । साथै उनले ती बसको पछाडि आतङ्कवादी समूहले पछयाइरहेको धम्की दिएका थिए ।
उनीहरूलाई शुक्रवार प्रहरीले पक्राउ गरेको थियो । अहिले कोइराला धरौटीमा छुटेका छन् । धिमाललाई २५ हजार डलर धरौटी माग गरिएको छ । धरौटी बुझाउन नसकेका उनी अहिले हिरासतमै छन् । उनको मानासिक अवस्थाको मूल्याङ्कन गरिने फक्सन्युजले जनाएको छ । साभार: एभरेष्ट टाइम्स
अल काईदाको सदस्य हुँ - ह्वाइट हाउस ध्वस्त पार्छु भन्दै धम्क्याउने धिमाल र कोईराला पक्राउ - को हुन् त उनीहरू

0 comments
Write Down Your Responses