सेना सडकमा नआउने भएपछी ... नेपालको राजनितीमा खिचातानी

काठमाडौं,माघ ३ – नेपालको राजनितीमा  आखिर कहिलेसम्म  खिचातानी भईरहने हो ?  
दलहरुबीच संविधान निर्माणको विषयमा तिक्तता बढ्दै गएपछि सरकारले राजधानीलगायत देशभरको सुरक्षामा कडाई गरेको छ। सरकारले सेनालाई समेत सुरक्षाका लागि सडकमा उतार्ने बताएको भए पनि नेपाली सेना भने राष्ट्रिय सुरक्षा परिषदले निर्णय नगरी सडकमा नआउने मनस्थितिमा पुगेको जनाएको छ । सेनाका  एक उच्च सैनिक अधिकारीका अनुसार सरकारले आदेश दिँदैमा सेना सडकमा निस्किँदैन यसको पनि

विधि प्रक्रिया छ। सरकारले सेनाको कमाण्डमा सबै सुरक्षाा निकायलाई परिचालन गर्ने निर्णय गरेको भए पनि सेनाले भने राष्ट्रिय सुरक्षा परिषद्ले निर्णय गरेमात्रै मैदानमा उत्रने भन्ने आशय व्यक्त गरेपछि सरकारले अहिले भने नेपाल प्रहरी, सशस्त्र बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको छ।आजको समाचारपत्र दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses