फेरी नेपालमा रगतको खोलो वग्न थाल्यो , वन्दमा मृत्यु


जनकपुर– एमाओवादी सहितको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा जनकपुरमा एकजना बन्द समर्थकको मृत्यु भएको छ। महोत्तरी एकरइया घर भएका उनी २६ वर्षका झा को  बजार बन्द गराउन जानकी मन्दिरबाट सुरु भएको जुलुसमा सहभागी हुदा ज्यान गएको हो ।

वन्दको परिक्रमा पुरा गरी  चोकमा पुगेपछि एक्कासि उनी ढलेका थिए। जुलुस पछाडि रहेको प्रहरीको गाडीले तत्कालै उद्दार गरी जनकपुर अञ्चल अस्पताल पुर्याकए। त्यहाँ डाक्टरले उनलाई तत्कालै मृत घोषणा गरे।
जुलुससँगै रहेका डिएसपी कृष्ण प्रसाईंले मुटुसम्बन्धी समस्या भएको हुनाले लडेर मृत्यु भएको शंका गरे।

'पोष्टमार्टम रिपोर्टपछि मात्रै के भएको केही भन्न सकिन्छ', अस्पतालका एक डाक्टर कृष्णदेव दासले नागरिकन्युजसँग भने। अहिले अस्पताल क्षेत्रमा प्रदर्शनकारीहरुको भीड छ।

बन्दकर्ताका धनुषा संयोजक सद्भभावना पार्टी अध्यक्ष सञ्जय सिंहले राजारामको मृत्यु शंकास्पाद भएको बताए। सामान्य अवस्थामा लडेको मान्छेलाई पुलिसले षड्यन्त्र गरेको उनले आरोप लगाए।
नागरिक न्यूजवाट

0 comments

Write Down Your Responses