चिलिमेको कार्यक्रममा झडप, पांच प्रहरीसहित स्थानीय घाइते


नुवाकोट, भदौ ३ गते,

रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा मंगलवार आयोजित कार्यक्रममा प्रहरी र स्थानीयवासीवीच झडप भएको छ । आयोजनाको ड्यामसाइडमा स्थानीयबासी र प्रहरीबीच झडप भएको हो ।
झडपमा परेर ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  रसुवाका प्रहरी नायव उपरिक्षक अनुरागकुमार द्विवेदीले दिएको जानकारी अनुसार चिलिमे जलविद्युत् क’नै रोकतोक र  अबरोध विना सञ्चालनका लागि जलविद्युत् आयोजनाले राखेको कार्यक्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
झडपको क्रममा केही स्थानीय समेत घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न भएको कारण  स्थानीय गोम्बो छिरिङ तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । निर्माणाधिन एक सय ११ मेगावाटको रसुवागढी, साञ्जेन माथिल्लो र तल्लो (५७.५) मेगावाट जलविद्युत् आयोजनाले राखेको अन्तरक्रिया कार्यक्रम शुरु हुनुपुर्व स्थानीय र प्रहरी बीच ढुङ्गा हानाहान भएको बताइएको छ ।

चिलिमे जलविद्युत् केन्द्रका प्रवन्ध निर्देशक कुलमान घिसिङको काज फिर्ता भएपछि रसुवामा पक्ष र विपक्षमा आन्दोलनको कार्यक्रम भइरहेका छन् । आयोजनामा सरुवाको विषयलाई लिएर आन्दोलन गरिन नहुने स्थानीयवासीको माग छ ।
यसैबीच, घटनाको विषयलाई लिएर नेपाली काँग्रेस रसुवा र एकीकृत नेकपा माओवादी रसुवाका प्रतिनिधीहरुले राजधानीको रिपोर्टस कल्बमा साक्षात्कार कार्यक्रम गर्दै घोर भत्र्सना जनाएको नेपाली काँगेस रसुवाका नेता जनकजीवन उपाध्यायले जानकारी दिएका छन् ।
नुवाकोटमा प्रहरीबाट जिल्ला जान लागेका १५ युवाहरुलाई पक्राउ गरेकोमा तत्काल रिहा गर्ने लगायतका माग आफुहरुले साक्षात्कार कार्यक्रममा राखेको नेता उपाध्यायले बताए । एक ठाउँबाट अर्को ठाउँमा जान पाउने स्थानीयको नैसग्रिक अधिकारबाट समेत बञ्चित गराएको भन्दै भत्र्सना जनाएको उनले बताए ।

0 comments

Write Down Your Responses