मोटी महिलाले विकिनी फोटो पोष्ट गर्ने नयाँ ट्रेन्ड, फोटो फिचर

(एजेन्सी) ग्ल्यामरर्स सेलिब्रेटीहरुले बिकिनी लगाएर कुनै समुद्रको तटमा तस्विर खिचेर समाजिक सञ्जालमा तस्विर पोस्ट गर्ने कुरा कुनै नौलो होइन । तर अहिले इन्टरनेटमा ‘असली महिला’हरुले बिकिनी लगाएर फोटो पोष्ट गर्ने नयाँ ट्रेन्ड शुरु भएको छ ।  ह्यासट्याग सहित शुरु भएको यो ट्रन्ड अहिले निकै चर्चित बनेको छ । बजफिडका अनुसार यो ट्रन्डको शुरुवात ब्लगर ग्याबी ग्रेगले गरेका हुन् । आकर्षक शरीर भएका मोडल तथा सेलिब्रेटी मात्र नभएर जस्तो पनि शरीर भएका महिलाहरुले पनि आफ्नो तस्विर राख्न सकुन् भनेर यस ट्रेन्डको शुरुवात गरेको छ । धेरैले यस ट्रेन्डले पसलहरुमा ठूलो आकारको बिकिनीको उत्पादन तथा बिक्री बढाउने अनुमान गरेका छन्  ।

0 comments

Write Down Your Responses