सुर्खेतमा चौबीस वटा सकेट वम भेटियो , निष्क्रिय पार्न टोली घटनास्थलतर्फ जाँदै

सुर्खेत, साउन २३ –
उत्तरपूर्वी गाविस रानीवासमा २४ वटा सकेट बम भेटिएका छन् । रानीवास–पुङमा करिब ती सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ । बिहीबार नै स्थानीय जनताले उक्त स्थानमा बम भेटिएको खबर गरेपनि प्रहरीले साँझसम्म पुष्टि गरेको थिएन । बम भेटिएको स्थानलाई प्रहरी चौकी मटेलाबाट गएको प्रहरी सहायक निरीक्षक सुन्दर सिंहको नेतृत्वको टोलीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो । बम भेटिएको जानकारी स्थानीय नागरिकले दिए पछि घटनास्थलमा तीन घण्टाको पैदल यात्रापछि प्रहरी पुगेको थियो । सिस्नोको झाडीमा पुरानो झोलामा सकेट बम रहेको र केही खोलिएको र केही खिया लागेको अवस्थामा रहेको भेटिएको ‘रिपोर्टिङ’ भएको अधिकारीले बताए । बम निष्क्रिय पार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको बम निष्क्रिय टोलीलाई पत्र पठाइसकेको छ । बम निष्क्रिय पार्न कपासे ब्यारेकलाई जानकारी गराइएको र आज सेना घटनास्थलमा पुग्ने उपरीक्षक अधिकारीले बताए ।

0 comments

Write Down Your Responses