स्व. नायक श्री को शव नेपाल ल्याईयो , विमानस्थलमा घुईचो
केहीबेर अघिमात्र स्व. नायक श्री कृष्ण श्रेष्टको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको छ । विमानस्थलमा कलाकारहरू लगायत समथर्कहरुको भिड लागेको छ । प्रहरीले त्यहाँ पुगेका समर्थकहरूलाई विमानस्थलको मुल गेटमा रोकेको छ ।
केही वेरमा श्रेष्ठलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिनेछ भने । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा राष्ट्रिय झन्डा ओढाउदै
१० प्रहरी टोलिको सलामी दिने तयारी गरेको छ । विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतिघर हुँदै उनको शव यात्रापछि प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धान्जलिका लागि राखिने छ । स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री सुशील कोइराला प्रज्ञा प्रतिष्ठान श्रेष्ठको श्रदान्जलीका लागी पुग्ने कार्यक्रम रहेको छ ।


0 comments
Write Down Your Responses